- Loading...
सरकारले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोज्यो : ओली
- पुनहिल डट कम
- १ साल अघि
- १३९ पटक पढिएको

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकिर थियो।
उक्त योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाए । ‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् त्यहाँ,’ अध्यक्ष ओलीले भने ।
‘मुस्ताङमा विश्वविद्यालय(मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ अध्यक्ष ओलीले भने, ‘२०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’ ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताए ।
मूलतः तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न भारत ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिने तयार भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले कलेज निर्माणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट प्रस्ताव आएको र भारतको अनुदानमा निर्माण गर्ने अनुमतिका लागि नेपालसँग आग्रह गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
