- Loading...
समाचार हिउँद सकिएसँगै प्रि-मनसुन शुरू
- पुनहिल डट कम
- १ साल अघि
- १९२ पटक पढिएको

हिउँद सकिएसँगै देशभर प्रि-मनसुन शुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् मञ्जु बासीका अनुसार, हिउँद याम सकिएर मार्च १ अर्थात् वुधवारदेखि प्रि-मनसुन शुरू भएको हो।
आजदेखि शुरू भएको प्रि-मनसुन तीन महीनासम्म रहनेछ। प्रि-मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने र त्यसपछि मनसुन शुरू हुने छ।
प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ पर्ने तथा हावाहुरी र असिनापानीको सम्भावना रहने मौसमविद् मञ्जु बासीले बताइन्। यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको छ।
स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिउँद याम सकिने वेलामा केही दिनअघि काठमाडौं, पोखरा सहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो। यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
