FLASH NEWS
  • Loading...

९४ वटा कुकुरको बन्ध्याकरण

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५६ पटक पढिएको
९४ वटा कुकुरको बन्ध्याकरण

बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ।

बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले उपलब्ध गराएको थियो ।

शिविरमार्फत ३१ वटा सामुदायिक र ६३ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएकाे छ। पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन् । बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हाे ।

सामुदायिक कुकुरको संख्या बृद्धि नियन्त्रण गर्नका लागि शिविरले सहयोग पुग्ने केन्द्रका पशु चिकित्सक जीवनप्रसाद आचार्यले भने, “सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन २०७७ सालमा पनि शिविर संचालन केन्द्रले गरेको थियो ।”