FLASH NEWS
  • Loading...

होटल ब्यवसायी संघद्वारा मृगौलामा समस्या देखिएका रोकाको उपचारमा सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४१ पटक पढिएको
होटल ब्यवसायी संघद्वारा मृगौलामा समस्या देखिएका रोकाको उपचारमा सहयोग

मृगौलामा समस्या भै गण्डकी अस्पतालमा उपचारत ज्ञान बहादुर रोकाको उपचारमा म्याग्दी होटल एण्ड रेष्टुरेण्ट ब्यवसायी संघदले आर्थिक सहयोग गरेकाे छ ।

होटलमा कर्मचारीको रुपमा कार्यरत मंगला गाउँपालिका २ बस्ने ३३ बर्षिय ज्ञानबहादुर रोकाको उपचारका लागि ५८ हजार २३५ रुपैया आर्थिक संकलन गरेर संघले सहयोग गरेको संघका अध्यक्ष बाबुराम आचार्यले बताए।

बेनी अस्पतालमा उपचार प्रश्चात थप उपचारका लागि पोखरा रिफर गरिएका रोकालाई आर्थिक समस्या भएपछि होटल एण्ड रेष्टुरेण्ट संघको सक्रियतामा आर्थिक संकलन गरेर रोकाको आफन्तलाई हस्तान्तरण गरिएको आचार्यले बताए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा आर्थिक सहयोग गरिदिन संघले आग्रह गरेको छ।