FLASH NEWS
  • Loading...

मलम्पारमा पहिलो पटक बस पुग्यो, फुलमालाले भब्य स्वागत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७९ पटक पढिएको
मलम्पारमा पहिलो पटक बस पुग्यो, फुलमालाले भब्य स्वागत

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुग्दा स्थानीयले भब्य स्वागत गरेका छन।

धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध १ ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फुलमाला लगाएर स्वागत गरेका हुन।

धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुदै वडा नम्बर ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको छ ।गत वर्ष मराङ हुदै बुल र मल्कवाङ देखि दैडाडामा पुगेको सडकलाई यसपाली जोडेर वडा नम्बर ५ र ६ को चक्रपथ बनाइएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब १ घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका १५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडा अध्यक्ष अमर छन्त्यालले बताए ।

मलम्पार र बुल सडक सञ्जालले जोडिएपछि वडा नम्बर ६ को मराङ–राम्चे–बुल हुँदै वडा नम्बर ५को मलम्पार–मल्कबाङ हुँदै मराङबेशी जोड्ने चक्रपथ निर्माण भएको छ। मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडिवुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।