FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडककाे रूप्से र काप्रेभीर क्षेत्रमा यातायात चलाउन टाईम कार्ड लागु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३५ पटक पढिएको
बेनी–जोमसोम सडककाे रूप्से र काप्रेभीर क्षेत्रमा यातायात चलाउन टाईम कार्ड लागु

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने रुप्सेछहरा र काप्रेभीर क्षेत्रमा सडक विस्तार, पहिरो नियन्त्रण तथा वेलिब्रिजको फाउण्डेसन खन्न चैत ३ देखी १४ गतेसम्म दैनिक ५ घन्टा यातायात बन्द गर्नेगरी समय तालिका (टाईम कार्ड) लागु हुने भएको छ ।
यस अघि बेनी–गलेश्वर खण्डमा लागु गरिएको टाईम कार्ड हटाएर सोही सडकको दाना–काप्रे खण्डमा लागु गरिएको हो ।
तीन वर्ष अघि रुप्सेछहरामा आएको बाढीले मोटरेवल पुल बगाएकोले उक्त स्थानमा बेलिव्रिज राख्न फाउण्डेसन खन्नु पर्ने र पहिरो नियन्त्रणका काम गर्न तथा काप्रेभीरमा सडक ढलानको काम भैरहेको र यातायात संञ्चालन गर्न वैकल्पिक मार्ग (डाईभर्सन) दिन नसकिने साँघुरो भएकोले समय तालिकका अनुसार काम गर्न थालिएको हो ।
बेनी–जोमसोम–कोरोला सडक आयोजनाका अनुसार सो खण्डमा विहान ६ बजेदेखी ९ बजेसम्म र दिउँदो १ बजेदेखी ३ बजेसम्म सडकमा यातायात अवरुद्ध हुने जिल्ला प्रशसासन कार्यालय म्याग्दीले सूचना प्रकाशन गरेको छ ।