FLASH NEWS
  • Loading...

पुरानै घर (एमाले)मा फर्कदै नेकपा एसका नेता कार्यकर्ता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९१ पटक पढिएको
Post Thumbnail

नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरू पुरानै घर (नेकपा एमाले) मै फर्कन थालेका छन । केही नेताले नेकपा माओवादी केन्द्रमा बिलय गराउने अभियान चलेपछि एसका नेता तथा कार्यकर्ताहरू एमालेमै फर्कने निर्णयमा पुगेका हुन ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने नेकपा एमालेमै फर्किन लागेको चर्चा  भैरहेका वेला जिल्लामा पनि नेकपा एसबाट मुल घर एमाले फर्कनेकाे कम्तीमा पुरानाे जिम्मेवारी यथावत रहनेगरी स्वागत सत्कार भैरहेकाे चर्चा छ ।  म्याग्दीमा पनि धेरै नेता तथा कार्यकर्ताहरू घरफिर्ती विषयमा छलफल चलिरहेको एमाले म्याग्दीका सचिव सुरत केसीले पुष्टी गरे ।