FLASH NEWS
  • Loading...

ढुङ्गाले लागेर बृद्ध मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६३८ पटक पढिएको
ढुङ्गाले लागेर बृद्ध मजदुरको मृत्यु

|Dead body in a mortuary

अन्नपूर्ण गाउँपालिका, ६ घारको लुलाएमा पैदलमार्ग मर्मत गर्ने क्रममा माथीबाट झरेको ढुङ्गाले लाग्दा स्थानीय ७० बर्षिय लाल गिरीको मृत्यु भएको छ ।
स्थानीय प्रेम बरुवालका अनुसार वडा कार्यालयको २ लाख बजेटबाट कालाोढुङ्गा–घार जाने पुरानो पैदलमार्ग मर्मत गर्ने क्रममा मंगलवार अन्दाजी २ बजे दुर्घटना भएको थियो । प्रहरी नायव उपरिक्षक मदन कुँवरका अनुसार माथीबाट ढुङ्गा खस्दा पैदल मार्गमा सिंढी चिन्ने काम गरिरहेका गिरीको टाउकोमा चोट लागी घट्ना स्थलमै मृत्यु भएको थियो ।
गिरीको शव पोष्ट मार्टमकालागी बेनी अस्पतालमा ल्याईएको र बुधवार मात्र पोष्ट मार्टम हुने प्रहरीले जनाएको छ ।