FLASH NEWS
  • Loading...

चैत १-१० सम्म पहिलो म्याग्दी लिग फुटबल प्रतियोगीता संञ्चालन हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०० पटक पढिएको
चैत १-१० सम्म पहिलो म्याग्दी लिग फुटबल प्रतियोगीता संञ्चालन हुने

म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ ।

आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा पर्वतकाे जलजला (वारीवेनी)समेत जिल्लाका १० वटा फुटवल क्लवकाे सहभागिता रहने विहिवार पत्रकार सम्मेलन मार्फत संयाेजक विक्रम सुवेदीले बताए ।

म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँ र द्धितीय हुनेले ७० हजारसहित ट्रफी र मेडल पाउने छन । त्यस्तै,   प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलकिप्पर र सर्वाधिक गोलकताई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट योङपेलेयरलाई ५ हजार रुपैयाँसहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।

लिग फुटवल प्रतियोगिता आयोजनाले जिल्लामा एन्फा निर्माणका लागि सहयोग पुग्ने जिल्ला खेलकुद विकास समिति पुर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।