- Loading...
घारकाे हिमालय चीज उद्योग ३ बर्षपछि खुल्यो
- पुनहिल डट कम
- २ साल अघि
- ३६३ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ६ घारा स्थित ‘हिमालय चीज उद्योग’ तीन वर्षपछि पुनःसंञ्चालनमा आएको छ ।
कोरोना कहले पर्यटक आउन छोडेपछि ०७६ फागुनदेखी बन्द भएको चीज उद्योग पुनःसंञ्चालनमा ल्याइएको हो । यहाँका तातोपानी, घोरेपानी, घान्द्रुक समेतका पर्यटकीय क्षेत्रमा आउने तेस्रो मुलुकका पर्यटक कोरोना कहरसँगै घटेपछि यहाँको चीज उद्योग वन्द भएको थियो ।
३५ जना गाईपालक कृषक आवद्ध निलगिरी गाई पालक कृषक सहकारीले चीज उद्योग खोलेका थियो । गाईको दुधबाट उत्पादित चीज सेवन गर्ने खास ग्राहक मानिएका तेस्रो मुलुकका पर्यटक फेरी आउने र पर्यटन क्षेत्र जाग्रीत हुने विश्वासमा कृषकले चीज बनाउन थालेका हुन । सिजनमा उद्योगले प्रतिदिन ३० केजीबढी चीज उत्पादन गर्थ्यो ।
‘चीज उद्योगले उत्पादन बन्द गरेको तीन वर्षपछि आज (सोमबार) पहिलो दिन ६० लिटर दुध संकलन भै ६ केजी चीज उत्पादन भयो’ हिमालयन चीज उत्पादन गर्दै आएको निलगिरी गाई पालन कृषक समुहका सचिव श्याम खड्काले भने, ‘बाहृय पर्यटक पनि आउलान । होटलहरु आफैले मौखिक अध्ययन गर्दा आन्तरिक पर्यटकले पनि चीज राखेर बनाईने परिकार बढी रुचाएको पायौं, त्यसैले चीज उत्पादन गर्ने टुङ्गोमा पुगेका हौं’
खड्काले थपे, ‘दुध बेचेर घरमै राम्रो आम्दानी गर्ने आसामा ८० हजारसम्म मुल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड जर्सी समेतका उन्नत गाई किनेका थियौं । तर कोरोनाले चीज उत्पादन बन्द भएपछि दुध खेर गैरहेको थियो । ८० रुपैयाँमा शुद्ध दुध वेच्दा पनि विक्रि हुन्थेन, अव कृषकले दुधको पनि मुल्य पाउँछन ।’
चीज उद्योग संञ्चालनमा आएसँगै प्रतिलिटर ८० रुपैयाँ रहेको दुधको मुल्य बढाएर एक सय प्रति लिटर पुर्याइएको छ ।
‘दुधको चीज बनाउने बाहेक अर्को ज्ञान र प्रविधी हामीसँग छैन । दुध वेचेर गाईको ऋण तिरौंला, दुई पैसा वच्ला भन्ने थियो, कोरनाले तीन वर्ष खायो । चीज फेरी उत्पादन हुने कुराले खुसी लागेको छ’ गाई पालक कृषक लिलबहादुर खड्काले भने, ‘‘दुधको पनीर समेत विभिन्न खाद्य वस्तु उत्पादन गर्न त सकिन्छ तर नजिकै ठूला वजार छैन, चीजलाई जस्तो धेरै दिन स्टोर गरी राख्ने हामीसँग उपकरण छैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
