- Loading...
‘ग्यास सिलिन्डरमा म्याद गुज्रने मिति हुँदैन, सिलिण्डरकाे माथी लेखेकाे अंक र अक्षर म्याद गुज्रने मिती हैन’
- पुनहिल डट कम
- २ साल अघि
- १३२ पटक पढिएको

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएपछि सिलिन्डरको म्याद गुज्रने मितिबारे प्रश्न उठेको छ। सिलिन्डरको माथि रहेको समाउने भागमा ‘ए २६’ लेखिएको भए सिलिन्डरको म्याद सन् २०२६ को जनवरी, फेब्रुअरी र मार्चसम्म मात्रै हो। अंग्रेजी अक्षर ‘ए’ ले जनवरी, फेब्रुअरी र मार्च महीना जनाउँछ। यस्तै‚ ‘बी’ ले अप्रिल, मे र जून‚ ‘सी’ ले जुलाई, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ ले अक्टोबर, नोभेम्बर र डिसम्बेर जनाउने उल्लेख गरिएको छ। अक्षरसँगै लेखिएको अङ्कले भने म्याद गुज्रने वर्ष जनाउँछ। जस्तै- ‘डी २४’ लेखिएको सिलिन्डरको सन् २०२४ को अक्टोबर, नोभेम्बर, डिसेम्बर पछि म्याद गुज्रन्छ।
के साँच्चै ग्यास सिलिन्डरमा म्याद गुज्रने मिति लेखिएको हुन्छ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल सिलिन्डरमा गुज्रिने मिति नभई परीक्षण मिति लेखिने बताउँछन्। उनका अनुसार, ‘ए २६’ लेखिएको छ भने त्यो सिलिन्डर २०२६ को जनवरी, फेब्रुअरी र मार्चभित्र परीक्षण गर्नुपर्छ।
सिलिन्डर उत्पादन भएको १० वर्षमा पहिलो पटक परीक्षण गर्नुपर्छ। त्यसपछि पाँच अनि तीन वर्षमा परीक्षण गर्नुपर्छ। “सिलिन्डर उत्पादन भएको १० वर्षमा कम्पनीले परीक्षण गर्दा काम लाग्ने देखियो भने फेरि बजारमा पठाउँछ,” ढकाल भन्छन्‚ “खासमा त्यो सङ्केत (सिलिन्डरमा भएको सङ्केत)ले ‘एक्सपाएर डेट’ जनाउने होइन, त्यसको गुणस्तर परीक्षणका लागि हो।”
हाइड्रोलिक प्रेसरबाट सिलिन्डरको परीक्षण गरिने ढकाल बताउँछन्। सिलिन्डर उत्पादनपछि १० वर्षमा पहिलो पटक परीक्षण गर्नुपर्छ। पहिलो परीक्षणमा पास भएपछि पाँच वर्षमा दोस्रो र त्यसको तीन वर्षमा तेस्रो पटक परीक्षण गर्नुपर्छ। सिलिन्डरमा यही परीक्षण मिति राखिने ढकालको भनाइ छ। ढकाल भन्छन्‚ “कम्पनीलाई निश्चित समयमा परीक्षण गर्न सजिलो होस् भनेर त्यस्तो सङ्केत राखिएको हो।”
सिलिन्डर विस्फोट भएर भन्दा पनि ग्यास लिकेज हुँदा आगलागीका घटना हुने विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार‚ आगो लागेर तापक्रम बढेपछि मात्रै सिलिन्डर विस्फोट हुन्छ। कांग्रेस नेता भण्डारीको घरमा भएको दुर्घटनामा पनि सिलिन्डर विस्फोट तथा ग्यासको पाइप छुटेको छैन। बिजुलीको ‘स्वीच अन नगरेको’ भए अथवा झ्याल‚ ढोका खोलेको भए नेता भण्डारीको घरमा दुर्घटनाको सम्भावना कम हुने नास्टका प्रविधि संकाय प्रमुख डा. ढकाल बताउँछन्।
ग्यास लिकेज भएको अवस्थामा विद्युतीय लाइट बाल्दा र बन्द गर्दा निस्किने झिल्को (स्पार्क)बाट आगलागी हुन्छ। “स्वीचभित्र समेत ग्यास छिरिसकेको अवस्थामा अन/अफ गर्दा ‘स्पार्क’ उत्पन्न भएर आगलागी भइहाल्छ‚” उनी भन्छन्।
केही वर्षअघि भारतमा पनि ग्यास सिलिन्डरको म्याद गुज्रने मितिका विषयमा अफवाह फैलिएको थियो। त्यसपछि इन्डियन आयल कर्पोरेशनले ३१ मे, २०१६ मा विज्ञिप्त जारी गरी प्रष्ट पारेको थियो। कर्पोरेशनको विज्ञप्तिमा पनि एलपी ग्यास सिलिन्डरको म्याद गुज्रने मिति नहुने उल्लेख छ। *हिमालखवरमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
