FLASH NEWS
- Loading...
सांसद भण्डारीकी आमा हरिकला भण्डारीको निधन
- पुनहिल डट कम
- १ साल अघि
- ११० पटक पढिएको
ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको आज बिहान निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको हो।
अस्पतालका अनुसार आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको हो।
हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो ।
कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस