- Loading...
कुमारी सहकारीले १४ औं साधारण सभा आफ्नै भवनमा मनायो
- पुनहिल डट कम
- २ साल अघि
- ५८४ पटक पढिएको

सदरमुकाम बेनी स्थित कुमारी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुधवार १४ औं स्थापना दिवस आफ्नै भवनमा मनाएको छ ।
साधारण सभाको साधारण सभाको जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले एक कार्यक्रम विच उद्घाटन गरे । साधारण सभा उद्घाटन गर्दै कार्कीले राज्यको नियमनकारी र बैंकहरु सहकारीहरु डुबाउने ध्याउन्नमा लागेको आरोप लगाए ।
‘हाम्रा नियमनकारी निकाय र बैंकहरु सहकारी संस्था डुबाउने प्रयासमा लागेको अनुभति भएको छ । तर सवै सहकारी संञ्चालकहरु पनि चोखा र पवित्र भने छैनन । सहरकारीको शिद्धान्त, नियम तथा विधीप्रकृयामा रहेका सहकारी सफल छन, विधीप्रकृया नमान्नेहरु समस्यामा पर्दै गएका छन ।’
सदरमुकाम बेनी नगरपालिका, ८ स्थित बेनीको न्यूरोडमा रहेको भाडाको घरबाट संञ्चालित सहकारीले बुधवारबाट संगमचोक स्थित आफ्नै भवनबाट कारोवार सुरु गरेको हो । लामो समयदेखी वित्तिय संकट झेल्दै आएको कुमारी वहुउद्देश्यीय सहकारी संस्थाले समस्याबाट सुधारउन्मुख रहेको दावी गरेको छ ।
‘संस्थाले गरेको ठूलो लगानी उठ्न नसक्ने, निक्षेप नआउने र भएको बचत लगातार फिर्ता गर्नु परेपछि वित्तिय समस्यामा परेका हौं । पछिल्लो ७ महिनामा १८ करोड ऋण लगानी उठाउन सक्षम भयौं । अझै समस्या मुक्त त भएका छैनौं तर धेरै सुधार भएको छ, संकट मोचन हुन थालेको ठानेका छौं’ संस्थाका निर्वतमान अध्यक्ष थमबहादुर गर्वुजाले भने, ‘अव नयाँ सिराबाट संस्थालाइ उठाउछौं । सवै लगानी उठ्न सके ४ करोडबढी मुनाफा छ ।’
कार्यक्रम अध्यक्ष यामबहादुर रोकाको अध्यक्ष्तामा र सचिव देवी थापाले संञ्चालन गरेकी थिईन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
