FLASH NEWS
  • Loading...

मुख्यमन्त्री भलिबल कपको उपाधि : महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङलाई

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१७ पटक पढिएको
मुख्यमन्त्री भलिबल कपको उपाधि : महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङलाई

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि महिला तर्फ म्याग्दीले र  पुरुष तर्फ बागलुङले जितेको छ । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको बुधबार सम्पन्न

महिला तर्फको फाइनलमा पर्वतलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको छ । म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै उपाधि जित्न सफल भयो । महिलातर्फ जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै स्याङ्जा तेस्रो हुन सफल भएको हो ।

आजै भएको पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

बागलुङले पहिलो सेट २५–१९ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २७–२९ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको बागलुङले चौथो सेटमा शुरुवाती ३ अङ्कले पछि परेको बागलुङले २१–२१ पछि उत्कृष्ट पुनरागमन गर्दै २८–२६ ले जित्दै उपाधि चुमेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल गरेका छन् । प्रतियोगिताका सम्पूर्ण खेल स्याङ्जाको वालिङमा भएका थिए ।