- Loading...
प्रधानमन्त्रीलाई राती छुट्टै गाेप्य भेट गरी फर्किए भारतिय विदेश सचिव क्वात्रा, दुई दिनमा १४ जना नेतालाई भेटे
- पुनहिल डट कम
- २ साल अघि
- १६२ पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसाे र रातीगरी दुइ पटक विषेश भेटघाट गरेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा स्वदेश फर्केका छन्।
नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिमा पुनः प्रचण्डसँग भेटघाट
सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै क्वात्राले समकक्षी भरतराज पौड्यालसँगको वार्ता २ बजेसम्म पूरा गरिसकेका थिए । त्यसपछि एकै दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे ।
प्रधानमन्त्री दाहाललाई त उनले साँझ औपचारिक र राति गुपचुप रूपमा भेटेका छन् । स्रोतका अनुसार सोमबारका सम्पूर्ण भेट सकेपछि क्वात्रा राति बालुवाटार प्रवेश गरेका थिए । बालुवाटारमा राती भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन। सो भेटलाई वालुवाटारले गोप्य राखेको छ।
२०७७ कात्तिक ५ को राति ‘रअ’ प्रमुख सामन्त गोयल बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकै शैलीमा भारतीय विदेश सचिव क्वात्राले वर्तमान प्रधानमन्त्री दाहाललाई भेटका हुन् । नेपालका लागि राजदूतसमेत रहिसकेका क्वात्राले सत्ता गठबन्धनको भविष्य र नयाँ राष्ट्रपतिको निर्वाचनबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । दाहाल र क्वात्राबीच दुई घण्टा छलफल भएको थियो ।
दुई/दुई पटक भेट भए पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति भने टुंगो लागेको छैन । ‘केही दिन पर्ख र हेरमा रहने भारतको रणनीति देखियो,’ बालुवाटारका एक अधिकारीले भने, ‘राष्ट्रपति निर्वाचनको तस्बिर प्रस्ट भएपछि मात्रै प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको बुझिन्छ ।’ राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनको कार्यसूची छ भने फागुन २५ मा निर्वाचन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
