FLASH NEWS
- Loading...
गण्डकी सरकार स्थापना दिवस ः भोलि प्रदेशभर सार्वजनिक विदा
- पुनहिल डट कम
- १ साल अघि
- १३७ पटक पढिएको
ण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा भोलि (४ गते) प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ ।
गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ ।
गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैंमा विदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस