- Loading...
बेनी–जोमसोम सडकका पहिरोको भाैगर्भिक तथा वायाेइन्जिनियरिङ अध्ययन सुरु
- पुनहिल डट कम
- २ साल अघि
- २०१ पटक पढिएको

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–जोमसोम सडक खण्डमा रहेका विभिन्न १० वटा पहिरोको दिगो रोकथामकालागी अध्ययन थालेको छ ।
बेनी–जोमसोम सडक सुरक्षित गर्न आयोजनाले रघुगंगा गाउँपालिका, ३ गलेश्वरको पहिरो, सोही पालिकाको वैंसरी पहिरो, वेगखोला पहिरो, अन्नपूर्ण गाउँपालिका, ३ दाना क्षेत्रमा पर्ने जलथले पहिरो, खामभित्ता पहिरो, रुप्से झरना पहिरो, काप्रेगाउँको पहिरो समेत १० वटा पहिरोको भौर्गभिक तथा वायोइन्जिनियरिङ अध्ययन थालिएको हो ।
आयोजनाले १० वटा पहिरोको रोकथाम गर्न औषत ६ करोडको दरले ६० करोडबढी लागत लाग्ने पूर्वानुमान गरेको छ । यद्यपी पहिरोहरुको भौगर्भिक अध्ययन चलिरहेकोले लागत इष्टिमेट तथा डिपिआर भने निर्माण भैसेको छैन ।
‘बेनी–जोमसोम सडक पहिरो र कालीगण्डकी नदी कटानबाट पनि असुरक्षित छ । त्यसैले सडकको सुरक्षाकालागी सो खण्डमा पर्ने पहिरोहरुको भौगर्भिक तथा वायोइन्जिनियरिङ अध्ययन थालेका छौं’कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘पहिरो रोकथामको डिपिआर र लागत इष्टिमेट तयार भैनसकेको भएपनि औषतमा एउटा पहिरो रोकथाममा ६ करोड खर्च लाग्ने अनुमान गरेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
