- Loading...
गलेश्वरधाम मन्दीरले जाेड्याे गलेश्वर बजारमा सडक बत्ती
- पुनहिल डट कम
- २ साल अघि
- १५३ पटक पढिएको

शिवरात्रीकाे संघारमा प्रशिद्ध गलेश्वरधाम मन्दीरले गलेश्वरबजार क्षेत्रमा सडक वत्ति जडान गरेकाे गलेश्वर क्षेत्र विकास काेषले अाफ्ने फेसवुक पेजबाट जानकारी गराएकाे छ । सडक वत्तिकाे काेषका अध्यक्ष माधवप्रसाद रेग्मीले एक कार्यक्रम विच कार्यालयमा रहेकाे स्वीच अनगरी सुभारम्भ गरेका थिए ।
काेषले बेनी नगरपालिका–९ स्थित गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो ।भक्तजनले चढाएको भेटीमध्ये २ लाख ३० हजार ७५० रुपैयाँ खर्चमा ५५ वटा सडक बत्ती जडान गरिएको कोषका अध्यक्ष माधव रेग्मीले बताए ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको साधारणसभाको निर्णयबाट गलेश्वर प्रवेशद्वार देखि राहुघाट नदीको पुलसम्मको बजार क्षेत्रमा र मन्दिर परिसरमा जडान गर्ने निर्णय गरेकाे थियाे ।
बत्ती जडानले चोरीका घटनाहरु कम गराउने र पैदलयात्रीलाई पनि सहज र मन्दिर परिसरमा सिसि क्यामरा जडान गर्नका लागि सडक बत्तिले मदत पुग्ने काेषले जनाएकाे छ । सडक बत्ती मर्मत लगायतको खर्च गलेश्वर शिवलाय क्षेत्र विकास कोषले ब्यहोर्ने पनि काेषकाे फेसवुकमा उल्लेख छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
