- Loading...
प्रधानमन्त्रीको सेनासँग रहस्यमय गुहार
- पुनहिल डट कम
- २ साल अघि
- ४३८ पटक पढिएको

बाबुकृष्ण कार्की (सहायक रथी, अप्रा)
प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा बिषयमा ब्रिफिङ गर्न आयोजना गरेको बिशेष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएर ।
सरकारको सुराकी र बाधक ठानिएको राष्ट्रिय सुरक्षा परिषद (रासुप) को बैठकमा बिपक्षीहरुलाई समाबेश गर्नुको उद्देश्य स्पष्ट थियो- नेपाली सेनाको परमाधिपतिको निर्वाचन राष्ट्रिय सहमतिका आधारमा होस्। र, आफ्ना परमाधिपति चयनमा राष्ट्रिय सहमतिको माग नेपाली सेनाले पनि राखिदियोस्। उनले प्रधानसेनापतिको साथ र सहयोग खोजेको भित्री आशय प्रष्टै थियो।
सो शक्तिले वर्तमान प्रधानमन्त्री दाहाललाई आफ्नो मोहपासमा पारेको र उनीहरुकै इशाराबमोजिमको राष्ट्रपति चयनका लागि प्रधानमन्त्री दाहाल तयार भएको कुराले अनेकौं शंकाहरु जन्माएको छ। यही शंकाको सन्दर्भमा नेपाली सेनाका मुखबाट राष्ट्रिय सहमति हुन आवश्यक रहेको कुरा ओकल्न लगाउने प्रपञ्च हो भने त्यो मुलुकका लागि घातक विषय हो।
बाह्यशक्तिको इशारामा सबैलाई जोक्कर बनाएर आफू हिरो हुन खोजेका हुन् कि ? मुलुकलाई असफलसिद्ध घोषणा गरेर अन्यत्र बिलय गराउने उपयुक्त पात्रको खोजी हो यो नाटक? अनुत्तरित प्रश्न असंख्य छन्।शंका झन् कति हो कति?
विदशीको इशारा र योजना फत्ते गर्न नभई राष्ट्रिय हितको शुद्ध भावना हो भने त्यो अलग कुरा हो तर यो कुरा छुट्टिन धेरै दिन कुर्नु पर्ने छैन किनकि राष्ट्रपतिको निर्वाचनको समय अव धेरै बाँकी छैन।
एउटा कुरा सत्य हो, सवाल, शंका, सत्यतामा सामञ्जस्यता र सन्तुलन पटक्कै छैन। जुन मुलुकको लागि दुर्भाग्य हो। यो सत्ता शक्ति हत्याउने रहस्यमय नाटक र छलकाे फगत् प्रपञ्च मात्र हो कि? बिगतका अकल्पनीय नाटकहरु जस्तै।
विदेशी शक्तिको किन यति धेरै चासो र चलखेल राष्ट्रपति चयनका लागि? नेपालका राष्ट्रहित स्वयं नेपालीले बाहेक अरुबाट सम्भव छैन भन्ने बुझ्नु जरुरी छ। विदेशीले त सबैभन्दा पहिला आफ्नै स्वार्थ हेर्ने हो। विदेशी शक्तिले आफ्नो स्वार्थअनुकुलको व्यक्ति नेपालको राष्ट्रपति, नेपाली सेनाको परमाधिपति होस् भन्ने चाहेको छ त्यसैले उसले अनेक हत्कण्डा अपनाएको छ, चलखेल गरेको छ र नेपाली नेताहरुलाई नचाएको छ, उठबस गराएको छ।
राजनीतिकरणको शिकार सेना
आफूलाई अराजनीतिक, ब्यावशायिक र अनुसासित राष्ट्रिय पहरेदार भन्न गर्व गर्ने सैनिक संगठन लगातार राजनीतिक हस्तक्षेपको शिकार हुँदै आएको छ।
वर्तमान यो नाटक र आलंकारिक राष्ट्रपतिको निर्वाचन राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय चासो एवं चलखेलको बिषय हुनु र संगठन प्रमुखलाई हारगुहार माग्नुका पछाडि धेरै अर्थ लुकेका छन्। ब्याख्या र अर्थ जसरी गरेपनि र जे लगाएपनि चुरो कुरा तीन वटा छन्-
पहिलो, नागरिकता र प्रमाणपत्र जे भएपनि चरित्र बिदेशीको पक्षपोषण गर्ने कलाकारलाई यो सर्वोच्च पदमा आसनग्रहण गराउन खोजिँदै छ। जसले स्वदेशीभन्दा बिदेशी स्वार्थलाई निर्वाधरुपमा पूरा गरिदियोस्। बिदेशी हित र स्वार्थका विधेयकमा बिना प्रश्न र बिना बिलम्ब लालमोहर लगाइदियोस्।
दोश्रो, नागरिकता विधेयकमा बिगतको जस्तो नेपाली सेना तगारो नबनिदियोस् र राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाको लक्ष्य, दूरदृष्टिलाई सेनाले तिलाञ्जली दिएर उसले राजनीतिक गुट उपगुटको रुप धारण गरोस्। अथवा, तिनलाई साथ सहयोग टेको दियोस्।
यो नाटकको अन्त्यमा लुकेको तेश्रो अर्थ झन् खतरा छ। ठूला दल र पाका पुराना अनुभवी नेताहरुप्रति गुम्दै गएको जनविश्वास, राष्ट्रिय भरोसा र अन्तर्राष्ट्रिय विश्वासको प्रतिकूल परिस्थितिमा आफू अनुकूलको परमाधिपति छानेर परिवर्तन र सुधारको नाममा सैनिक शासनको अन्तिम पहल र प्रयास गर्ने।
यो बिगतका हरेक असफल र अलोकप्रिय प्रधानमन्त्रीको भित्री चाहना हो। अहिले एक्कासी यो महत्वकांक्षा खुलम्खुला प्रकट हुन थालेको देखिन्छ।
गणतान्त्रिक तेश्रो राष्ट्रपतिको प्रयोग गरेर तीब्र असफलउन्मुख मुलुकलाई कि वार कि पार गर्ने गुह्य बद्नियतले नेपाली सेना र उसको परमाधिपति दुबैलाई एउटै खाल्डोमा हाल्ने षड्यन्त्रसँग सावधान हुन जरुरी छ।
कहिले बिमस्टेक कहिले एसपीपीको मतियारको ट्याग लाग्दै र त्यसबाट आफूलाई चोख्याउदै हिँडेको नेपाली सेनालाई पुनः राजनीतिक चक्रब्यूहको जालभित्र पार्न खोजिँदै छ। उसको अराजनीतिक र ब्यावसायिक छविलाई ध्वस्त पार्न खोजिँदै छ।
मुलुकको न्याय क्षेत्रभन्दा अगाडिदेखि नै विग्रह र ध्वस्त पार्न खोजिएको नेपाली सेना आजसम्म जोगिएको भए पनि अब आफ्ना बिरुद्ध ओछ्याइएका चौतर्फी बिषालु धरापबाट जोगिन नेपाली सेनालाई कठिन छ।
घिनलाग्दा दृश्यहरु
मुलुकमा यति धेरै लोभी पापी दरिद्रको ताँती इतिहासमा कहिल्यै देखिएको थिएन। राष्ट्रपति हुन पाऊँ भनेर गोजीमा निवेदन बोकी बालुवाटार धाउने लोभी पापीलाई देखेर कति उदेक लागको होला बाटो बिराएको र बितृष्णाले बिदा दिएको राष्ट्रिय राजनीतिलाई।
प्रधानमन्त्री र प्रधानसेनापतिको फेरो समातेर कुर्सी ताक्ने ती निरीह चरित्रहरुलाई कतै जमिनबाट पशुपतिनाथले र आकासबाट प्रकृतिका उपहार पंक्षीहरुले नदेखून्। राजनीतिक र गैरराजनीतिक कित्ताका उम्मेदवारहरुको प्रतिश्पर्धा र दाबी जग हँसाउने किसिमको छ।
एउटा कुरा सत्य हो, मुलुकमा नैतिकता, राष्ट्रिय मूल्य मान्यता र त्यागको भावना हराएको छ। लोभ, पाप, दरिद्रता र बिदेशभक्तिले जरा गाडेको छ। लैनचौर गुहार्ने उम्मेदवारहरुको चर्तिकला झनै हेरिनसक्नु छ।
भावी राष्ट्रपति बाह्यशक्तिको गोटी अथवा बुख्याचा हुने हो वा प्रधानमन्त्रीले आफ्नो स्वविवेक, स्वनिर्णय, कुटनीतिक कला प्रयोग गरेर स्वच्छ छवि भएको राष्ट्रवादी नेपाली नागरिकलाई पदास्थापना गर्ने हुन्? त्यो हेर्न बाँकी छ। बल प्रधानमन्त्रीको कोर्टमा छ।
यो धराप र धर्मसंकटको घडीमा प्रधानसेनापतिले चट्टानी अडान लिनुपर्दछ र भन्नुपर्दछ कि क, ख, ग, घ जो सुकै होस्, राजनीतिक वा गैरराजनीतिक जे सुकै होस् राष्ट्रपति विशुद्ध राष्ट्रवादी नेपाली हुनुपर्दछ।
राष्ट्रिय हित, स्वार्थ र राष्ट्रिय सुरक्षाको मर्म र भावनालाई शिरोपर गरेर सुशासनको जग बसाउन योगदान गर्न सक्ने खाँटी नेपाली हुनुपर्दछ। परमाधिपति भइसकेपछि दलीय भास र दुर्गन्धबाट माथि उठेर सबैलाई स्वीकार्य राष्ट्रिय अभिभावकत्व ग्रहण गरिदिनुपर्दछ।
चाँदीको घेरा
मुलुक राजनीतिक, आर्थिक, कुटनीतिक फ्रन्टमा असफलसिद्ध भइरहेको वर्तमान परिप्रेक्षमा सम्पूर्ण युवापंक्ति चिन्तित् छन्। मुलुक न राष्ट्रिय राजनीतिले चलाएको छ न राष्ट्रवादी नेतृत्वले। मुलुक केवल माफिया दलाल, बिचौलिया र जघन्य अपराधीहरुको गठजोड र विदेशीको इशारामा चलेको छ। आन्तरिक सत्ता र बाह्य शक्तिलाई सिकाउने चलाउने उफार्ने काम बिचौलियाहरुबाट भइरहेको छ।
मुलुकमा माफियाले कुन गहिराइसम्म जरो गाडेको छ भन्ने कुरा हालैको रवि प्रकरणले प्रमाणित गरिदिएकै छ। कालो बादल मडारिरहेको आकाशमा परिवर्तन, सुधार र सुशासनको तीब्र चाहना र माग चाँदीको घेरा हो। इनफ् ईज इनफ् र नट् एगेन चाँदीको घेराका प्रतिबिम्ब हुन्।
प्रकृति र प्रबृति दुवैले सुशासन र समृद्धिको जोडदार माग गरेका छन्। जुन वर्तमान प्रधानमन्त्रीले नबुझ्ने कुरै भएन। तर सुधारको अभियान राष्ट्रिय पोशाकको पहिरनमा सीमित रहन्छ कि राष्ट्रब्यापीरुपमा अगाडि बढ्छ केही दिनमा त्यो प्रष्ट हुनेछ। धिमागतिको सुधार काम छैन।
त्यो मतदाता भुलाउने छल मात्र हुनेछ। कुशासनबाट सुशासनमा रुपान्तरित हुन आफूबाट क्रमभङ्ग प्रारम्भ हुनुपर्दछ। उहाँका शब्द सापटी लिदा छलाङ मार्नुपर्दछ। पोशाकमा मारे जस्तै।
आशा गरौं शारीरिक र मानसिकरुपमा चुस्त, आर्थिकरुपमा इमान्दार र अनुशासित, नैतिकरुपमा सरल, स्वाभिमान र त्यागी राष्ट्रभक्त, प्रकृतिप्रेमी, जनताको सच्चा सेवक राष्ट्रपति मुलुकले पाउनेछ।
सैनिकको अपेक्षा
द्वन्द्व, संक्रमणकाल हुँदै, स्थायी शान्ति स्थापनार्थ असल मन र इमान्दारपूर्वक लडाकु समायोजनलाई सफल पारेर देखाएको सैनिक संगठनको एक मात्र लक्ष सुशासन मार्फत समृद्धि हो।
समायोजन लगत्तै महाभूकम्पको उद्धार राहतमा होमिएको सेनाले कोभिड महामारीमा देखाएको उद्धार त्याग र समर्पणले सिपाहीको असीम जनसेवा र राष्ट्रभक्तिलाई जाहेर गर्दछ।
समायोजन पछिको एकढिका संगठनले विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानले समग्र मुलुकको छबि झन् माथि उठाएको छ। समृद्धिको बाटो सुशासन हो। नबोल्ने सिपाहीको गहिरो सपना र चाहना सुशासन हो। अझ समायोजन भई आउने पूर्ब लडाकुको लागि सुशासन अनिवार्य शर्त हो। आम जनताले चाहेको मागेको सुशासन सिपाहीहरुको झन् ठूलो माग हो। सुशासनमा उनीहरुले आफ्नो पसिना र रगतको मूल्य देखेका छन्।
आफ्नो जस्तै नैतिक अनुशासन र इमान्दार त्याग राजनीतिक नेतृत्व र सरकारसँग अपेक्षा गर्नु उनीहरुको स्वभाविक हक र अधिकार हो।
सैनिक नेतृत्वले जवानहरुलाई सम्बोधनमा सुशासन र समृद्धिको आश्वासन दिएको दशकौं भइसक्यो। तसर्थ, राष्ट्रपति चयनमा र सत्ता संचालनमा खेलवाड तथा कुशासनको निरन्तरताले सिपाहीको धैर्यताको बाँध नफुटोस्।
दुई दुईवटा परमाधिपतिको शासन अनुभव बटुलेको संगठनले तेश्रो परमाधिपतिलाई अराजनीतिक राष्ट्रिय छवि धारण गरिदिन अनुरोध गर्न जरुरी छ।
सच्चा प्रकृति र संरक्षणप्रेमी भै प्रकृति संरक्षणको अभिभाकत्व स्वस्फूर्त ग्रहण गरेर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण नेतृत्वको हैसियतमा दर्ज हुने मार्ग र अवसर पनि उहाँलाई देखाईदिनु बान्छनीय हुनेछ।
सैनिक नेतृत्व आफैं राष्ट्रिय अन्तर्राष्ट्रिय माफियाहरुको एम्बुसबाट सुरक्षित रहन जरुरी छ। निश्पक्ष, तटस्थ र पारदर्शी चरित्रले सुसज्जित भइराख्न जरुरी छ। आफू नितान्त अराजनीतिक रहेर संगठनलाई राजनीतिक ग्रहण र हस्तक्षेपबाट मुक्त राख्न जरुरी छ। बिदेशी शक्ति, माफिया र ज्याेतिषीको मन्त्र दबाबबाट होइन इमान्दार घरेलु पहल प्रयासबाट नेपाली सेनाले गर्व गर्न लायक राष्ट्रवादी नेपाली परमाधिपति प्राप्त गरोस्। *कार्कीकाे याे लेख हामीले डिसीनेपालबाट साभार गरेका हाैं ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
