- Loading...
अचार बनाउने तालिम सुरु
- पुनहिल डट कम
- २ साल अघि
- २२२ पटक पढिएको

म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।
आगामी ५ दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रम महिला उद्यम विकास समितिका सभापति कार्कीको अध्यक्षता एवं स्वागत, वरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठको धन्यवाद मन्तव्य र सचिव राधिका सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चापदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिन्छ ।
तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले सानाे पुँजी र फुर्षदकाे समय उपयाेग गरी अचार बनाउन सकिने र ठूलाे ब्यवसायी बन्न नसकेपनि धेरथाेर बेचेर अाम्दानी लिन सकिने बताए । जिल्लामा उत्पादित अचार मात्र हाेइन सवै स्थानीय उत्पादन वेच्ने संघले आफ्नै संस्थागत कोसेली घर स्थापना गरी महिला उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बिक्री तथा वितरण गर्ने व्यवस्था मिलाइने बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले महिलाहरुको पेशा, व्यवसायलाई टिकाउन र उनीहरुको उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
