- Loading...
खतरनाक ‘नेपाली गर्ल’, सतर्क बनाैं
- पुनहिल डट कम
- २ साल अघि
- १८५ पटक पढिएको

अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटमा ‘नेपाली गर्ल’ नामको मालवेयर भाइरल छ । विशेषगरी मेसेजिङ एपमा लिङ्कमार्फत यो एपीके फैलिएको छ । गत साता जिल्ला प्रहरी परिसर ललितपुरले ‘नेपाली गर्ल’ नामको स्पाम लिङ्क फैलाएर ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको थियो ।
यस्तो लिंङ्कबाट नेपाल प्रहरीकहाँ आर्थिक वर्ष २०७९/८० को पुष महिनासम्म १७ जनाबाट दुई करोड आठ लाख ७ हजार ७७ रुपैयाँ बिगो ठगी भएको उजुरी आएको छ ।
साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालका सह-संस्थापक तथा चिफ टेक्नोलोजी अफिसर निर्मल दाहाल र सोही कम्पनीका अफेन्सिभ टिम लिड निरज खरेलले उक्त एपको विश्लेषण गरेका छन् ।
सीटीओ दाहालले भने, “हामी एपलाई अनावश्यक पर्मिसन दिइरहेका हुन्छौं । क्याल्कुलेटर एप इन्स्टल भएकाे छ । तर, त्यसले कन्ट्याक्टको पर्मिसन मागेको हुन्छ ।” त्यसैले अनावश्यक एप पर्मिसनमा शंका गर्नुपर्ने दाहालको भनाइ छ ।
उनका उनुसार ‘नेपाली गर्ल’ले इन्स्टल भएपछि एक्सेसिबिलिटीको पर्मिसन माग्छ । यो पर्मिसन दिनासाथ एपले आफैं अन्य पर्मिसन लिने निरज खरेलको दाबी छ ।
“हामीले एक दुई ओटा पर्मिसन नदिएसम्म एपले केही गर्न सक्दैन,” उनी भन्छन्, “तर, तीमध्ये एक्सेसिबिलिटीको पर्मिसन पायो भने एपले फोन आफ्नो नियन्त्रणमा लिन्छ । र, आफूले चाहे जसरी प्रयोग गर्न सक्छ ।”
फोनमा ‘नेपाली गर्ल’ एप इन्स्टल भएर डाउनलोड भइसकेपछि त्यसले हाम्रा हरेक गतिविधिमाथि निगरानी राखेको हुन्छ । विशेषगरी हाम्रो कन्ट्याक्ट, हामीले बोलेको आवाज, हाम्रो फोनबाट गएको कल, हामीले सेभ गरेको पासवर्ड हरेक विवरण उक्त एपको कब्जामा हुन्छ । जहाँबाट स्क्यामरले सहजै बैंक रित्याउन सक्ने उनीहरूको विश्लेषणले देखाएको छ ।
तसर्थ आफ्नो डिभाइसको आधिकारिक ठाउँ जस्तै एन्ड्रोइडका प्रयोगकर्ताले प्ले स्टोर, आईफोनका प्रयोगकर्ताले एप स्टोर, ह्वावेका प्रयोगकर्ताले ह्वावेको आधिकारिक एप स्टोरबाट एप डाउनलोड गर्नुपर्ने उनीहरूको सुझाव छ । *टिचपानाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
