- Loading...
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना
- पुनहिल डट कम
- २ साल अघि
- २०४ पटक पढिएको

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएका छन्।
काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट मिलन पाण्डे र प्रकाशचन्द्र परियार सर्वसम्मत रुपमा उपाध्यक्ष चयन भएका छन्। त्यस्तै, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी सर्वसम्मत चयन भएका छन्। कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन्।
महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। महाधिवेशनले २१ जना केन्द्रीय सदस्यहरु चयन गर्ने र १३ जना केन्द्रीय समितबाट मनोनयन गरिने भएको छ। ८ केन्द्रीय सदस्य भने हाललाई रिक्त राखिने भएको छ।
वैकल्पिक राजनीतिको नारा बोकेर २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा स्थापना भएको विवेकशील साझा पार्टीले ‘हामी उठ्नेछौं ’ भन्ने अठोटका साथ पुनर्जागरणको अभियान थालेको हो। पटक(पटक विभाजनको सिकार हुँदै आएको यो दलले काठमाडौंमा शुक्रबारदेखि दुईदिने प्रथम महाधिवेशन गरेर आफूलाई ब्युँताएको हो।
पार्टीको अध्यक्ष र महासचिव दुबै पदमा महिलालाई सर्वसम्मत रुपमा चयन गरेर पार्टीको महाधिवेशन शनिबार सकिएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
