- Loading...
बेनी–गलेश्वर सडक साेमबारदेखी १५ दिन दैनिक ६ घण्टा बन्द हुने
- पुनहिल डट कम
- २ साल अघि
- २१२ पटक पढिएको

बेनी–जोमसोम–कोरोला सडकको प्रवेश विन्दुमा पर्ने तीन किलोमिटरको बेनी–गलेश्वर सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
आयोजना, निर्माण व्यवसायी र सुरक्षा अधिकारीको बैठकले सडकको स्तरोन्नति गर्ने कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय फागुन १ गतेदेखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११.३०–१.३० र राति ८.३०–११ बजेसम्म यातायातका साधन आवतजावत बन्द गरिने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
एम्बुलेन्स तथा साना सवारी साधनले भने बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा हुँदै सल्लेरीबाट गलेश्वर झर्न सकिने वैकल्पिक मार्ग अपनाउन सक्छन् । तर साँघुरो र अप्ठ्यारो भएकोले ठूला यात्रु बस, होचा सवारी र मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने छैनन् ।
उक्त सडकखण्डको विस्तार र कालोपत्र तहमा स्तरोन्नति गर्न जयधनञ्जय–मंगलादेवी–सुवास जेभीले १२ करोड २५ लाख ९४ हजारमा सम्झौता गरेको छ । सम्झौताअनुसार पहराको डिल काट्न, कालीगण्डकी नदी किनाराबाट फाउन्डेसन उठाइ सडक नालीसहित ११ मिटर फराकिलो र ८ मिटर चौडा कालोपत्र गरिने छ । पूर्वाधार विकास कार्यालय म्याग्दी र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाबीच स्वामित्व विवाद हुँदा सडक निर्माण अलपत्र परेको थियो ।
जिल्ला सदरमुकाम मोटरबाटोले जोड्ने नीतिअनुसार ०५८ मंसिरदेखि बेनी–जोमसोम ७६ किमी सडक निर्माण सेनालाई दिइएको हो । सेनाले ०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाइलट ट्रयाकमा यातायात खुला गरेको थियो । सेनाले बेनी–जोमसोम ट्रयाक ०६९ वैशाख २२ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
सडक विभागले बेनी–जोमसोम–कोरोला सडकलाई राष्ट्रिय प्राथकितायुक्त योजनामा समावेश गरी छिटोछरितो काम गर्न आव ०७२ देखि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना स्थापना गरी काम थालेको थियो । आयोजनाले बेनी–जोमसोम ७६ किलोमिटरलाई आव ०७३/०७४ जेठमा सबै संरचना र ७ मिटर कालोपत्रसहित ११ मिटर चौडा सडक गर्न ठेक्का लगाउँदा सडक विभागले बेनी–गलेश्वरसम्मको ३ किलोमिटर सडक हस्तान्तरण गरेको थिएन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
