- Loading...
सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु, पाल्न हजारौँ मानिस इच्छुक
- पुनहिल डट कम
- २ साल अघि
- २२८ पटक पढिएको

उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो। भग्नावशेषमुनि जन्मिएकी एक बालिकालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्न हजारौँ मानिस अघि सरेका छन्।
भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए। जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई फेला पार्दा ती नवजात शिशुको नाभी उनको आमाको शरीरमा गाँसिएकै अवस्थामा थियो। उनका आमा, बुबा र चार दाजुहरूको मृत्यु भयो।
ती बालिकाको नाम अया’ राखिएको छ। त्यसको अर्थ अरबी भाषामा ‘चमत्कार’ हुन्छ। जन्मिनेबित्तिकै ठूलो वियोग खप्न बाध्य ती शिशु अहिले अस्पतालमा छिन्।
अयाको उद्धारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओमा एक व्यक्ति हातमा धुलोमा लतपत नवजात शिशु बोकेर भग्नावशेषमाथि कुदिरहेको देखिन्छ।
उनको नाम खलिल अल-सुवादी हो। उनी ती बालिकाका टाढाका नातेदार हुन्। घरको भग्नावशेषमा ती बालिकालाई जीवितै उद्धार गरिँदा उनी त्यहाँ उपस्थित थिए।
सोमवार आएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुर्याएका छन्। *समाचार एजेन्सीहरूबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
