FLASH NEWS
  • Loading...

‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८२ पटक पढिएको
‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ ।

मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।

आइतवार एक समारोहका बिच उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका , उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले पार्ककाे संयुक्त उद्घाटन गरेका थिए ।

पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरुको आकर्षण र स्थानीय बालबालिका, युवायुवति र ज्येष्ठ नागरिकहरुको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए।

पार्क बनाउन बाबियाचाैर पुख्याैली थलाे भै राजधानीमा बसाेबास गर्दै अाएका समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क गराएका थिए । त्यस्तै, थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु १ लाख र मंगला युवा क्लबले रु २ लाख आर्थिक सहयोग गरेका थिए।