FLASH NEWS
  • Loading...

मंगला आमा समुहको अध्यक्षमा टकसरा राना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६५ पटक पढिएको
मंगला आमा समुहको अध्यक्षमा टकसरा राना

म्याग्दीको बेनी नगरपालिका –७ मंगलाघाटमा रहेको मंगला आमा समुहको अध्यक्षमा टकसरा राना मगर निर्वाचित भएकी छिन।
आईतवार सम्पन्न आमा समुहको ५ औ अधिवेशनबाट रानाको अध्यक्षता सर्वसम्मत रुपमा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा तारा छन्त्याल, सचिवमा रेनु पूर्जा, सह सचिवमा देविका बुढा र कोषाध्यक्षमा तिर्सना भण्डारी निर्वाचित भएका छन।

अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समाज परिवर्तनमा महिला दिदी बहिनीहरुको भूमिका महत्वपूर्ण हुने बताइन । नवनिर्वाचित अध्यक्ष रानाले महिलाहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने र विभिन्न सिपमुलक तालिमहरु संचालन गरि महिलाहरुलाई आयआर्जनमा जोड्ने कार्यमा लागिपर्ने प्रतिवद्धता जनाइन।