FLASH NEWS
  • Loading...

फागुन २ गतेदेखी मंगला गाउँपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र दर्ता हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२९ पटक पढिएको
फागुन २ गतेदेखी मंगला गाउँपालिकाका वडाबाटै राष्ट्रिय परिचयपत्र दर्ता हुँदै
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भाेली फागुन २ गतेदेखी मंगला गाउँपालिकाकाे वडा नं २ बाबियाचाैर तथा ३ र ४ वडा बरंजाबाट राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन गर्ने भएकाे छ ।
माघ १५–२९ सम्म बेनी नगरपालिकामा अभियान सकेर टाेली मंगला गापा तर्फ लागेकाे हाे । प्रशासन कार्यालयबाट मात्र परिचयपत्र दर्ता गर्दा सर्वसाधारणहरुलाई सास्ती भएको भन्दै सहजताका लागि वडास्तरमा टोली खटाइएकाे थियाे । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माका अनुसार  मंगला गापामा फागुन २ गतेदेखी १२ गतेसम्म विभिन्न वडा र वस्तीमा पुगेर  परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन हुने छ । ‘एक वटा वडामा दुई वटा स्टेशन हुन्छ,’ सहायक प्रजिअ शर्माले भने, ‘एक वटा स्टेशनमा कम्तिमा १० दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनेको छ ।’

सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ ।

हालसम्म नेपालका ४५ जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सकिएको छ । १६ वटा जिल्लामा अभियान सञ्चालन भइरहेको छ । सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूगेकाे नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।