FLASH NEWS
  • Loading...

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११३ पटक पढिएको
प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आइतबार २५औं स्थापना दिवस मनाएको छ ।
प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई मौसम अनुकुल हुने गरी स्याउ, केरा, अङ्गुरलगायत फलफुलहरु वितरण गरिएको थियो ।कार्यक्रमको एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले  उद्घाटन गरे ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री समेतले शुभकामना दिए ।
कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शंकरराज लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, मानवअधिकार एलायन्स गण्डकी प्रदेश कमिटी सहसचिव दीपक पौडेल, पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, वर्तमान उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव सन्तोष गौतम, प्रेस युनियनका जिल्ला सभापति राकेश शर्मा, फोनिजका अध्यक्ष साधन राम्जाली र अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिलन खक्रीलगायत जिल्लामा त्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।