FLASH NEWS
  • Loading...

गलेश्वरधाम मन्दीरले जाेड्याे गलेश्वर बजारमा सडक बत्ती

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०६ पटक पढिएको
गलेश्वरधाम मन्दीरले जाेड्याे गलेश्वर बजारमा सडक बत्ती

शिवरात्रीकाे संघारमा प्रशिद्ध गलेश्वरधाम मन्दीरले गलेश्वरबजार क्षेत्रमा सडक वत्ति जडान गरेकाे गलेश्वर क्षेत्र विकास काेषले अाफ्ने फेसवुक पेजबाट जानकारी गराएकाे छ । सडक वत्तिकाे काेषका अध्यक्ष माधवप्रसाद रेग्मीले एक कार्यक्रम विच कार्यालयमा रहेकाे स्वीच अनगरी सुभारम्भ गरेका थिए ।

काेषले बेनी नगरपालिका–९ स्थित गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो ।भक्तजनले चढाएको भेटीमध्ये २ लाख ३० हजार ७५० रुपैयाँ खर्चमा ५५ वटा सडक बत्ती जडान गरिएको कोषका अध्यक्ष माधव रेग्मीले बताए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको साधारणसभाको निर्णयबाट गलेश्वर प्रवेशद्वार देखि राहुघाट नदीको पुलसम्मको बजार क्षेत्रमा र मन्दिर परिसरमा जडान गर्ने निर्णय गरेकाे थियाे ।

बत्ती जडानले चोरीका घटनाहरु कम गराउने र पैदलयात्रीलाई पनि सहज र मन्दिर परिसरमा सिसि क्यामरा जडान गर्नका लागि सडक बत्तिले मदत पुग्ने काेषले जनाएकाे छ । सडक बत्ती मर्मत लगायतको खर्च गलेश्वर शिवलाय क्षेत्र विकास कोषले ब्यहोर्ने पनि काेषकाे फेसवुकमा उल्लेख छ ।