- Loading...
मंगला मावि बावियाचौरले जित्यो मंगलाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि
- पुनहिल डट कम
- २ साल अघि
- २५५ पटक पढिएको

मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले जितेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो ।
यसैगरी उपविजेता महेन्द्र रत्न मावि वंरजाले ७ स्वर्ण,५ रजत ५ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय भएको डनिङ बोर्डिङ स्कुल मंगला २ ले ५ स्वर्ण,२ रजत र ३ कास्य पदक हात पार्याे ।
राष्ट्रिय जनजागृति मावि पूर्ण गाउँले ३ स्वर्ण,४ रजत र ६ कास्य,दिपशिखा मावि कुहुँले १ स्वर्ण, ८ रजत, ७ कास्य,त्रिभुवन मावि मंगला २ ले २ कास्य,शिशु कल्याण मावि मंगला ५ ले ३ रजत २ कास्य र शिद्धशान्ति मावि मंगला २ हिदीले १ कास्य मात्र हात पारेको छ ।
प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद ५० हजार रुपैयाँ पुरस्कार, द्धितीयले ३० हजार,तृतीय हुनेले २० हजार रुपैयाँ नगदका साथमा ट्रफी र मेडल पाएका छन् । प्रतियोगिताका विजेता विद्यालय र खेलाडीहरुलाई जिल्ला समन्वय समितिको उपप्रमुख डिलकुमारी खत्री,पालिका अध्यक्ष सतप्रसाद रोका,उपाध्यक्ष प्रेमकुमारी अधिकारी,प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री,वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु लगायतले नगद पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरे।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्डी र भलिबल गरी १५ वटा इभेन्ट्मा ३० वटा पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
