- Loading...
धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दीका अग्रज साहित्यकार बानियाँ र पत्रकार खड्का सम्मानित
- पुनहिल डट कम
- २ साल अघि
- ५०१ पटक पढिएको

बेनी नगरपालिका, ५ पुलाचौरमा रहेको धनेश्वरी–तारानाथ स्मृति कोषले यस वर्ष साहित्य तर्फ जिल्लामा अग्रज साहित्यकार मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँ र पत्रकारिता तर्फ पुराना पत्रकार घनश्याम खड्कालाई १० हजार नगदसहित सम्मान पत्रले सम्मान गरेको छ ।
धनेश्वरी–तारानाथ स्मृति कोष नगद १० हजारसहित सम्मानपत्रले सम्मानित बेनी नगरपालिका, ५ भिरमुनीका स्थाई बासिन्दा बानियाँको मदनपुरस्कार विजेता महारानी उपन्यास बाहेक मृत्यु संस्कार, खस जाती र कुल पुजा, भौज्याहा र एतिहासिक पर्वत राज्य पुस्तक प्रकाशित छन । बानियाँले विभिन्न पत्रपत्रिका, अनलाईनहरुमा स्तम्भकारको रुपमा समेत कलम चलाउने गर्छन ।
‘आफ्नै जन्मथलोमा कला, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउन पुलाचौरका सम्मानित रेग्मी परिवारबाट स्थापित कोषबाट सम्मानित हुन पाएकोमा खुसी लागेको छ’ सम्मान ग्रहणगरेपछि चन्द्रप्रकाश बानियाँले भने, ‘सम्मानले हौसला र आत्मसम्मान महसुस गरेको छु ।’
त्यस्तै धनेश्वरी–तारानाथ स्मृति कोष नगद १० हजारसहित सम्मानपत्रले सम्मानित अन्नपूर्ण गाउँपालिका, ६ घारका स्थाई बासिन्दा घनश्याम खड्का पत्रकार महासघ म्याग्दीको संस्थापक अध्यक्ष हुन । कान्तिपुर दैनिकमा उपसम्पादक रहेका खड्का पछिल्ला केही वर्षदेखी म्याग्दीमै पुनहिल डट कम डिजिटल पत्रिकाको प्रकाशक, सम्पादन समेत गर्दै आएका छन ।
शनिवार बेनी नपा, ५ पुलाचौरको जनकल्याण माविमा आयोजित फुरस्कार तथा सम्मान कार्यक्रममा सम्मानित ब्यत्तित्व तथा विभिन्न विधामा विजयी विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कोषका अध्यक्ष मुकुन्द रेग्मी र सचिव माधव रेग्मीसमेतले सम्मान गरेका थिए ।
बेनी नगरपालिका, ५ पुख्यौली थलो भएका स्व. धनेश्वरी–तारानाथको स्मृतिमा छाेरा/नाती माधव प्रसाद रेग्मी, मुकुन्द रेग्मी, रामप्रसाद रेग्मी, नारायण रेग्मी र मोहन रेग्मी परिवारले जिल्लाको साहित्य र पत्रकारिता समेतको क्षेत्रमा उल्लेख्य योगदान गर्ने ब्यक्तिलाई सम्मान गर्न १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सो कोषको आम्दानीबाट सम्मान गर्ने गरिएको छ ।
‘हामी छाेरा र नातीहरूसमेत परिवारले स्वर्गिय आमाबाको स्मृतिमा अक्षय कोष स्थापना गरी कलासंगित, साहित्य र पत्रकारिता क्षेत्रमा योजदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गर्दै आएका छौं’ धनेश्वरी–तारानाथका कान्छा छोरा रहेका कोषका सचिव माधव प्रसाद रेग्मीले भने, ‘जिल्लाको शैक्षिक उन्नयन तथा चेतनाबृद्धीमा पुरस्कार विधा र पुरस्कृति ब्यक्तित्वले उल्लेख्य योगदान पुर्याएको हाम्रो ठम्माएका छौं ।’
त्यस्तै, कोषले छुट्टै स्थानीय जनकल्याण माध्यामिक विद्यालयबाट दलित, जनजाति र खसआर्य समुदाय तथा गलेश्वरधाम स्थित शालग्राम वेदविद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट हुने एक–एक जनालई जनही २० हजार रुपैयाँले पुरस्कृति गर्ने गरिएको छ ।
जनकल्याण माविका प्रध्यानअध्यापक कमल पौडेलका अनुसार कोषबाट गत वर्षको एसईई परिक्षामा विद्यालयमा सर्वोकृष्ट हुने अंकित पौडेल नगद २० हजार सहित पुरस्कृति भए । त्यस्तै दलितबाट अंकिता थापा दर्जी, जनजातिबाट सपल पुन र खसआर्यबाट करुणा बानियाँ जनही १५ हजार नगदसहित पुस्कृति भए ।
त्यस्तै विद्यालयमा कोषको आयजनामा सम्पन्न लोकनृत्य तर्फ अंकिता थापा प्रथम भै पाँच हजार नगद पुरस्कार प्राप्त गरिने । सुवास विक र सन्धा रामदामले दोस्रो भै जनही दुई हजार प्राप्त गरे । त्यसैगरी ‘म बेनी गरपालिकाको मेयर भएको भए’ शिर्षकमा गरिएको निवन्ध लेखनमा सोही विद्यालयकी रितु किसान पहिलो, आकृति श्रेष्ठ दोस्रो र जुञ्जन श्रेष्ठ तेस्रो भएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
