- Loading...
माघ १५ गते देखि वडाबाटै राष्ट्रिय परिचयपत्र दर्ता अभियान
- पुनहिल डट कम
- २ साल अघि
- १५३ पटक पढिएको

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले म्याग्दीमा माघ १५ गते देखि वडास्तरबाट राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन गर्ने भएकाे छ ।
प्रशासन कार्यालयबाट मात्र परिचयपत्र दर्ता गर्दा सर्वसाधारणहरुलाई सास्ती भएको भन्दै सहजताका लागि वडास्तरमा टोली खटाइन लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माका अनुसार बेनी नगरकाे १० वटै वडामा एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन हुने छ । ‘एक वटा वडामा दुई वटा स्टेशन हुन्छ,’ सहायक प्रजिअ शर्माले भने, ‘एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनेको छ ।’
सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ ।
हालसम्म नेपालका ४५ जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सकिएको छ । १६ वटा जिल्लामा अभियान सञ्चालन भइरहेको छ । बेनी नगरपालिकापछि क्रमश अन्य पालिकाको वडाहरुमा पनि टोली पुग्नेछन् ।
सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।
उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
