- Loading...
यसरी गरियो भारतको अयोध्या लगिने शिलाको म्याग्दीबाट विदाई
- पुनहिल डट कम
- २ साल अघि
- २२७ पटक पढिएको

म्याग्दीको बेनी नगरपालिकाको बेनीहुँदै बग्ने हिन्दु पवित्र नदी कालीगण्डकीबाट भारतको अयोध्यामा निर्माण हुने राममन्दीरमा राखेनी भगवान रामको वालस्वरुप मुर्ति बनाउन दुई वटा ‘देव शिला’ को जिल्लावासीले विदाई गरेका छन ।
देवशिलाको गर्भस्थलमा नदी र भुमीसँग क्षमा पुजा गरी आज गलेश्वरधामबाट विहान ८ बजेको शुभ साईतमा विदाई पुजागरी शिलालाई रामनामी वस्त्र, फुलमालाले सजाई भजनकिर्तन सहित स्थानीयले विदाई गरेका हुन । विहिवार विहान शिलालाई गलेश्वरधाम स्थित शिवालय तथा राधाकृष्ण मन्दीरमा पुजागरी भजनकिर्तन सहित शिलालाई गलेश्वरबाट बेनीबजारसम्म पदयात्रागरी कालीपुलबाट विदाई गरिएको थियो ।
उक्त अवसरमा अयोध्याबाट शिला लिन आएका गुरु राजेन्द्रसिं पंकज, प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजा, प्रमुख जिल्ला अधिकारी समेत सयौंको संख्यामा उपस्थित सर्वसाधारणका विचमा बेनी नगरपालिकाका मेयर सुरत केसीले गण्डकी प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधी विक्रम रिजाललाई पत्रसहित शिला हस्तान्त्रण गरेका थिए । शिला प्रदेश सरकारलाई हस्तान्त्रण गरे लगत्तै अयोध्याबाट आएका गुरु पंकजे राममन्दीरमा रहने रामको बालस्वरुप मुर्क्तिको स्वरुपमा बनेको नमुना मुर्क्ति बेनी नगरपालिकालाई हस्तान्त्रण गरेका थिए ।
हिन्दु धार्मिक विश्वास अनुसार शालिग्राम भगवान विष्णुको स्वरुप र श्रीरामलाई विष्णुकै अवतार मानिएकोले दामोदरकुण्ड र मुक्तिनाथबाट बग्ने कालीगण्डकी पाईने ‘शालिग्राम शिला’ पवित्र मानिएकोले भारतको अयोध्यामा निर्माण हुने रामलीला प्रतिमा राख्न यहाँको पठाउन लागिएको हो । बेनीदेखी करिव २.५ किमी उत्तर तर्फ गलेश्वरधाम छेउबाट ७ फिट लामो, ५ फिट चौडाई र ३.५ फिट मोटाइ भएका २ थान क्वार्जराईट र क्यालासाईट देवशिला जनकपुरको जानकी मन्दीरले भारतको अयोध्यास्थित राम मन्दीरलाई ‘दाईजो’ स्वरुप उपहार पठाउन प्रयोजनकालागी बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारलाई शिला हस्तान्त्रण गरेको हो ।
‘कृष्णागण्डकी नदीबाट देव शिला धार्मिक दुतका रुपमा अयोध्यामा निर्माण हुने राममन्दीरमा रामलला मुर्ति बनाउन लगेर जाँदैछौं’ अयोध्याको राम मन्दीरबाट शिला लिन आएका गुरु राजेन्द्रसिं पंकजले भने, ‘रामका मन्दीर धेरै ठाउँमा छन तर राम जन्मभुमि अयोध्या मात्र हो । उही रामको जन्मस्थलमा यहाँको शिलाबाट मुर्ति बनाई राखिने छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
