- Loading...
मर्यादा विर्सेको दोहोरी गित प्रतियोगिता
- पुनहिल डट कम
- २ साल अघि
- ४१०२ पटक पढिएको

दोहोरी गाउँदा गीतमै सवालको जवाफ गरिन्छ । छन्द र लय मिलाएर गरिनै कुराकानी नै दोहोरी गीत हो । तुरुन्ता–तुरुन्तै गाईने दोहोरीमा मनका भावना साटासाट गरिन्छ । गीतबाटै माया–पिरती लाईन्छ । त्यसैले भनिन्छ, दोहोरी माया–पिरतीको फसल हो ।
तर रमाईलो, मर्यादित र शिष्ट दोहोरीगीतमा हिजोआज उत्ताउलोपन बढ्दै गएको छ । म्याग्दी महोत्सवको प्रतियोगितात्मक दोहोरी गितको फाईनल चरणमा गाईएको दोहोरी गितमा ज्वाइ-सासुकाे गिती भाका यस्तो थियो,
ज्वाई ः साहृै राम्री छ् यौ, तिम्रो जोवन राजीनामा लेउ
सासु ः पहिल्यै लाईयो दिल, भैगो अवत मायाँ मारी देउ ।
नेपाली समाज, सभ्यता र संस्कृतिमा मात्र होईन विश्वभरका सवै धार्मिक, जातिय र मानव सभ्यतामा सासुलाई आमा समान पुज्य छन । तर म्याग्दी महोत्वमा दोहोरी गाउने गायक ज्वाईले आमा समाज सासु प्रतिको मर्यादा विर्सिएका ज्वाइले सासुलाइर् भने, ‘साहृै राम्री छ् यौ, तिम्रो जोवन राजीनामा लेउ’ जवाफमा पात्तिएकी सासुले छोरी विवाह गरेपछि ज्वाइलाइ अाफुसँगकाे पुरानो सम्बन्ध विर्सिन आग्रह गर्दै जवाफ दिन्छिन, ‘पहिल्यै लाईयो दिल, भैगो अवत मायाँ मारी देउ ।’
के ज्वाइ-सासुकाे सम्बन्ध यस्तै हुन्छ ? के अाधुनिक दाेहाेरीमा विषय, लय, भाका, संगीत र भावभंगिमा हुँदैन ? नाताकाे कुनै सभ्यता हुँदैन ? अाम दर्शकले प्रतियाेगिताकाे विजेता समेत रहेकाे म्याग्दी लाेक दाेहाेरी प्रतिष्ठानसँग दर्शक, श्राेताले जवाफ मागेका छन ।
‘दोहोरी गितको भाका र विषयमा आङको टाङ फरक पर्यो । नेपाली सभ्यता, संस्कृति र नाताको मर्यादाको कत्तिपनि ख्याल नगरिएको दोहोरी गीतले धेरैलाई मनोरन्जन भन्दाबढी भावनामा चोट पुर्याएको पाए’ लोकदोहोरीको निर्णायक समितिमा रहेका कृष्ण सुवेदीले भने, ‘विषय र भाका मिलेन फर्न भनेको हुँ । गायकहरुले भाका सजिलो भन्दै फर्न मानेनन, निर्णायक समितका संयोजकले पनि हस भने पनि म अल्पमतमा परें । आखिर म पुरानो जमानाको न हुँ ।’
दोहोरी गितको फाईनल प्रस्तुती जस्तो भएपनि दोहोरीमा गीतको गेडाले गायकहरु सवालको जवाफ गर्छन् । दोहोरीको विशेषता भनेकै यसको मौलिकता सहितको रोचकता हो । शायद त्यसैले होला दोहोरीको कलेस मेठ्न चौरभरी छरिएका दर्शकहरुले गीति गेडाको रन्कोसंगै कम्मर मर्काई–मर्काई नाच्न बाध्य हुन्छन् । संवादको रोचकता, ठेट नेपाली संगित र नाच्न पनी सकिने शैली नै दोहरीको प्रमुख विशेषता हो ।
गाउँ–बेंसीमा दोहोरी गाउँदै माया–पिरती लगाउने र त्यहींबाट विवाह गर्ने समेत चलन अझै जिवित छ । गाउँघरमा हिजोआज पनि पहिले–पहिले झै दोहरी घन्कन्छ । विवाह, बर्तवन्ध, न्वारान, छैठी जस्ता सामाजिक अवसरमा गाउँका ठिटाठिटी भेला भएर दोहोरीगीत गाउँदै छर्लङ्गै रात काट्ने चलन हराएको छैन् । म्याग्दी लोकदोहोरीको ऊर्वर थलो हो । मनमा लागेका जुनसुकै भावना सजिलै गीतिलयमा गाउन सकिने हुंदा दोहोरीगीतले तरुनातरुनी दखी बुढापाका सवैलाई उत्तिकै आकर्षण गर्छ ।
मादलको तालसंगै दोहरी घन्काएर माघको कठ्याङ्ग्रिदो जाडोमा म्याग्दी महोत्सवको मेसोले यसका पारखीहरुलाई दोहोरी गाउने र नाच्ने अवसर जुटाईदिएको हो । दोहोरीमा बालकदेखि बृद्धसम्म, गरिवदेखी धनीसम्म र पियनदेखी हाकिमसम्म सवैले एउटै स्टेजमा मन खोलेर नाचे । भद्रताबाट सुरु हुने दोहोरीका नाचहरु दिन छिप्पिंदै जाँदा रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्न खोज्थे । बैदेसिक रोजगारीको प्रभावले होला हिजोआज गाउँघरबाट सुस्ताउँदै जान थालेको रौनकलाई यो दोहोरीगीत प्रतियोगिताले फेरी जगाएको अनुभव भयो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
