- Loading...
समाचार के हेलिकोप्टर जतिवेला जहाँ पनि लग्न पाइन्छ?
- पुनहिल डट कम
- २ साल अघि
- १०५१ पटक पढिएको

फूटबल खेल चलिरहेकै वेला स्याङ्जाको वालिङ खेल मैदानमा माघ ५ गते प्रभु हेलिकोप्टरले एक्कासि अवतरण गर्यो। हेलिकोप्टर पोखराबाट वालिङ पुगेको थियो।
नागरिक उड्डयान प्राधिकरण, पोखराका प्रमुख विक्रम गौतमका अनुसार, हेलिकोप्टरले वालिङका लागि उडान अनुमति लिएको थियो। “वालिङको कुन ठाउँमा ल्यान्ड गर्ने भन्ने यकीन थिएन,” गौतमले हिमालखबरसँग भने, “कहाँनेर ल्यान्ड गर्ने भन्ने सुरक्षाको हिसाबले पाइलटले तय गर्ने विषय हो।”
प्राधिकरणबाट उडान अनुमति पाए पनि कहाँ अवतरण हुने भन्ने खबर प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पनि थिएन। वालिङ फूटबल क्लब र क्यामरुन एफसीबीचको खेल हेर्न ५०० भन्दा बढी दर्शक मैदान परिसरमा थिए।
हेलिकोप्टर आएपछि खेलाडीले मैदान छोडेकाले मानवीय क्षति नभए पनि यो हदैसम्मको उडान लापरवाहीपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीको भनाइ छ। खेल प्रतिस्पर्धा भइरहेकै वेला हेलिकोप्टर अवतरण भएपछि आक्रोशित दर्शकले मैदान छिरेर पाइलट रानेश डंगोलमाथि कुटपिट गरेका थिए।
घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले पोखरास्थित नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरेको छ। यस विषयमा प्राधिकरणले छानबिन भइरहेको बताएको छ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हेलिकोप्टर कम्पनीसँग स्पष्टीकरण मागिएको बताए। “प्राधिकरणको केन्द्रीय कार्यालय र पोखरा कार्यालय दुवै ठाउँबाट छानबिन भइरहेको छ,” निरौलाले भने।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले पनि हेलिकोप्टर उडानबारे कुनै जानकारी नदिइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजीवबहादुर बस्नेतले भने, “आकस्मिक अवस्थामा बाहेक चार्टर उडानबारे स्थानीय प्रशासनलाई जानकारी दिनुपर्छ। यसमा कसैलाई जानकारी दिइएको छैन। के कारणले उडान गरियो भन्ने पनि खुलेको छैन।”
यसमा प्रहरीले पनि अनुसन्धान गरिरहेको एसपी बस्नेतले बताए। अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र अब छानबिनका क्रममा सोधपुछ गरिने उनको भनाइ छ।
फूटबल प्रतियोगिता हेर्न वालिङ नगरपालिका-९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापा पोखराबाट हेलिकोप्टर चार्टर गरेर वालिङ गएका थिए। पाइलटले छेउछाउमा अवतरण गर्न खोजे पनि चारै जनाले दबाब दिएर खेल मैदानमै अवतरण गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ। खेल मैदानमै हेलिकोप्टर अवतरण गरेपछि खेलाडी र दर्शकले पाइलट तथा यात्रुमाथि कुटपिट गरेका थिए।*हिमालखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
