- Loading...
बेनी दोभान, माघको जाडो र लोकदोहोरीको रन्को
- पुनहिल डट कम
- २ साल अघि
- १९४ पटक पढिएको

जव साँझ पर्छ अनि घरका दैलो बन्द गर्दै बाहिरिन्छन बेनीबासी । गन्तब्य म्याग्दी र कालीगण्डकी नदीको संगमस्थल, खुल्लामैदान । अगाडी मञ्चमा झिलिमिली बत्तिमा लोकदोहोरी र मादक शैलीमा प्रस्तुत गरिने सँस्कृतिक कार्यक्रमको रौनक ।
काली–म्याग्दीको दोभानमा अवस्थित चौरभरी छरिएका दर्शक माघको कठ्याग्रीदो जाडोमा मनलाग्दो उफ्रि रहेका छन । सवै दर्शकको मुखबाट खोयविर्के मिश्रित फुस्स फुस्स गन्ध । मादलको तालसंगै दोहरी घन्काएर माघको कठ्याङ्ग्रिदो जाडोमा राष्ट्रिय स्तरमै ख्याति कमाएका लोक/दोहोरी कलाकारहरु प्रिती आले, पशुपति शर्मा, पूर्णकला विसी, कुलेन्द्र विश्वकर्मा, बद्री पंगेनी, प्रकाश दुतराज, शोभा कार्की, लाली वुढाथोकी, शान्तिश्री परियार, खड्ग गर्वुजा, कुमार पुन, पविता पुन लगाएतले राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुत गर्ने उरन्ठ्यौलो शैलीका गीत/दोहोरीगीतले मनग्य नचाए ।
लोकगीत/दोहोरी गीतले मात्र होईन लोकपप, ब्याटल गायक प्रमोद खरेल, नेशन पुन, सज्जा मैनाली, प्रिती आले समेतका साँगेतिक कार्यक्रमले पनि तन्नेरीहरुलाई खुव नचाए । हास्यकलाकारहरु मनोज गजुरेलले समसामायीक राजनिती समेत विविध क्षेत्रमा गरिएका कटाक्षसहितको हास्य ब्यङ्ग्य प्रस्तुतिले गरे ।
अहिले सदरमुकाम बेनीमा सञ्चालन भैरहेको म्याग्दी महोत्सव तथा बहुजिल्ला कृषी एवं औधोगिक मेलामा खुल्ला दोहोरीगीत प्रतियोगिता भै रहेको छ । मेलामा दर्शक तान्न आयोजना गरिएको दोहोरीगीतले हरेक साँझ १० हजारबढी दर्शकको ओईरो लाग्ने गरेको छ ।
दोहोरी गाउँदै माया–पिरती लगाउने चलन अझै जिवित छ । सायद त्यसैले होला, भद्रताबाट सुरु हुने दोहोरीगीत, गायक र नाचहरु साँझ छिप्पिंदै जाँदा रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्न खोज्थे । म्याग्दीदेखी गुल्मीको रुरु क्षेत्रसम्म लोकप्रिय चुट्के भजन शैलीको रोईलागीतले तन्नेरी–पाका सवैलाई नचाएको थियो ।
दोहोरी गाउँदा गीतमै सवालको जवाफ गरिन्छ । छन्द र लय मिलाएर गरिनै कुराकानी नै दोहोरी गीत हो । तुरुन्ता–तुरुन्तै गाईने दोहोरीमा मनका भावना साटासाट गरिन्छ । गीतबाटै माया–पिरती लाईन्छ । त्यसैले भनिन्छ, दोहोरी माया–पिरतीको जोड्ने पुल हो ।
यस्तै–यस्तै गीतको गेडाले दोहोरी गायकहरु सवालको जवाफ गर्छन् । दोहोरीको विशेषता भनेकै यसको मौलिकता सहितको रोचकता हो । शायद त्यसैले होला दोहोरीको कलेस मेठ्न चौरभरी छरिएका दर्शकहरुले गीति गेडाको रन्कोसंगै कम्मर मर्काई–मर्काई नाच्न बाध्य हुन्छन् । संवादको रोचकता, ठेट नेपाली संगीत र कम्मर मर्काई–मर्काई नाच्न मिल्ने भएकोले दर्शकहरु चिसो/जाडोको पर्वाह बेनी दोभानमा ओईरिएका छन ।
म्याग्दीका गाउँघरमा विवाह, बर्तवन्ध, न्वारान, छैठी जस्ता सामाजिक अवसरमा गाउँका ठिटाठिटी भेला भएर दोहोरीगीत गाउँदै छर्लङ्गै रात काट्ने चलन हराएको छैन् । म्याग्दी लोकदोहोरीको ऊर्वर थलो हो । मनमा लागेका जुनसुकै भावना सजिलै गीतिलयमा गाउन सकिने हुंदा दोहोरीगीतले तरुनातरुनी दखी बुढापाका सवैलाई उत्तिकै आकर्षण गर्छ ।
म्याग्दी महोत्सवको मेसोले यसका पारखीहरुलाई दोहोरी गाउने र नाच्ने अवसर जुटाईदिएको हो । दोहोरीमा बालकदेखि बृद्धसम्म, गरिवदेखी धनीसम्म र पियनदेखी हाकिमसम्म सवैले एउटै स्टेजमा मन खोलेर नाचे । ‘बेनीको बजार जतामायां उतै छ नजर, किरेमिरे जालेरुमाल’ गीतले झन सवैलाई जुरुक्क बनायो । मादल, बाँसुरी, हार्मोनियम र सारङ्गीको धुनसंगको सुरिलो भाकामा घन्कने दोहोरीले सवैलाई आकर्षित गर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
