- Loading...
युक्रेनमा हेलिकप्टर दुर्घटना, मन्त्रीसहित १८ को मृत्यु
- पुनहिल डट कम
- २ साल अघि
- २४० पटक पढिएको

युक्रेनको राजधानी किभस्थित हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो ।
जहाँ तीन बालबालिकाको पनि मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको अहिले नजिकका अस्पतालमा उपचार भइरहेको बताइएको छ । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित जम्मा ९ जना सवार थिए ।
आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि स्कुलका बालबालिका र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ । साथै आगोको मुस्लो लागिरहेको देखिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
