FLASH NEWS
  • Loading...

बौद्धिक अपाङगता अभिभावकलाई नेतृत्व विकास तालिम

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६८ पटक पढिएको
बौद्धिक अपाङगता अभिभावकलाई नेतृत्व विकास तालिम

बौद्धिक अपाङगता अभिभावक महाँसघ नेपालको आयोजनामा बौद्धिक अपाङगता भएका ब्यक्तिका अभिभावकलाई तीन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिममा म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीकागरी १६ जनाको सहभागिता रहेको थियो । बौद्धिक अपाङगता अभिभावक महाँसघ नेपालका केन्द्रीय अध्यक्ष रहेका राजु बस्नेतले अभिभावकहरुलाई संस्थाको नेतृत्व अवस्था मापन, नेतृत्वमा हुनु पर्ने सीपहरु, नेतृत्व विकासका सीप, अपाङ्गताका सवाल पहिचान, वकालत विधी, प्रकृाि र अभ्यास तथा सदस्य संस्थाको चाहना र महाँसघको भुमिका सम्बन्धी तालिम दिएका थिए ।


‘तालिम उपयोगी र ब्यवहारिक ज्ञान आर्जन भएको छ’ बौद्धिक अपाङगता अभिभावक सघ म्याग्दीकी अध्यक्ष तथा तलिमकी सहभागी जमुना देवी शर्मा पौडेलले, ‘वौद्धिक अपाङगता भएका बालबालिकाको सुरक्षा र अधिकार बारे थप सचेतना आवश्यक रहेको महसुस भयो ।’
तालिममा बौद्धिक अपाङगता अभिभावक महाँसघका केन्द्रीय सदस्य टिकाराम सापकोटा, गण्डकी प्रदेश अध्यक्ष यामबहादुर बानियाँ र बेनी नपा, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँ लगाएतले तालिमको औचित्य र लाभको बारेमा चर्चा गरे ।