- Loading...
प्रचण्ड नेतृत्वको क्याबिनेट : कसको वरीयता कुन ?
- पुनहिल डट कम
- २ साल अघि
- ११५ पटक पढिएको

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा १९ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त भएका छन्। मंगलबार भएको शपथग्रहणपछि २३ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको हो।
उपप्रधानमन्त्रीहरू चारजना रहेका छन्। जसअनुसार विष्णुप्रसाद पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात, रवि लामिछाने गृह र राजेन्द्रप्रसाद लिङ्देन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहेका छन्। वरीयता क्रममा पौडेल प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा छन् भने श्रेष्ठ, लामिछाने र लिङ्देन क्रमशः तेस्रो, चौथो र पाँचौं वरीयतामा रहेका छन्।
यस्तै मन्त्रीहरूमा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खानेपानी, डा. विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या छन्।
यसैगरी भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका छन्।
राज्यमन्त्रीहरूमा सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन्।
मन्त्रीमा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी रेखा शर्मा छैटौं वरीयतामा छिन् भने विक्रम पाण्डे सातौं वरीयतामा रहेका छन्। राज्यमन्त्रीको वरीयतामा सुशीला सिर्पाली ठकुरी पहिलो नम्बरमा छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दीपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा रहेका छन्।
दुईवटा मन्त्रालय अझै खाली छन्। युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयले अझै मन्त्री पाउन सकेको छैन। दुईवटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने भएका छन्। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीका लागि दुईवटा मन्त्रालय राखिएको स्रोतको दाबी छ। जसपाले अझै सरकारमा जाने वा नजाने निर्णय गरिसकेको छैन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
