- Loading...
मर्यादा भत्काउँदै अँध्यारोमा उर्लिन्छ म्याग्दी महोत्सव
- पुनहिल डट कम
- २ साल अघि
- ३९९ पटक पढिएको

कालीगण्डकी र म्याग्दी नदीको कटानले त्रिकोणात्मक स्वरुममा सजिएको सानो, सुन्दर शहर, बेनीबजार बेहुली झै सिँगारिएको छ । र बैंशालु ‘पर्यटक’को रसिलो गन्तब्य बनेको छ, ‘सातौं म्याग्दी महोत्सव’ ।
जव दिन ढल्कँदै साँझ झमक्क पर्दै जान्छ, तव खुट्टा लर्खराउँदै पुसको चिसो सिरेटोमा मुखबाट खोएविर्केको हृवास्स गन्ध फाल्दै कोखिलामा ‘प्रियतम’ च्यापेका ‘बैंशालु अन्तरिक पर्यटकहरु’ ले महोत्सवस्थल भरिभराउ हुन्छ । महोत्सवमा सुकिला–मुकिलाले भट्टीहरु भरिभराउ हुन्छन ।
उज्यालो रहुन्जेल मर्यादित दर्शक साँझ छिप्पिएपछि गायकहरुको उत्तेजक गीतसंगीतले एक्कै छिनमा मात्तिएका, पात्तिएका र छिल्लिएका हुन्छन । ‘सेक्सुअल हर्यासमेन्ट’ शब्द ६० नाघेका आदरणीय जेष्ठ नागरिकदेखी मर्यादित पेशा, ब्यवसाय र पदीय जिम्मेवारी लिएका ‘जिम्मेवार नागरिक’हरुले समेत कलिला किसोरीहरुको छातीमा कुईनोले घोच्दै ‘चित्त बुझाएको’ हेर्न नसक्दा पुसको जाडोमा थुपुक्क सिरक ओढेर घरमै बसेको आभास हुन्छ ।
‘यस्तो रातपरेपछि उर्लने महोत्सव त महिले कहीं देखेको थिईन । सवै ठाउँमा साँझ परेपछि महोत्सवको रौनक सकिन्छ । साँस्कृतिक कार्यक्रम रोकिन्छ । तर यहाँ त जति राती भयो महोत्सव उति हौसिने’ पत्रकार ध्रुवसागर शर्माले भने, ‘कसैलाई रात भएको पनि थाहा छैन न त जाडोको पर्वाह । सवै निस्फिक्रि । सवै उन्मुक्त । स्वच्छन्द । सामाजिक मर्यादाको कुनै पर्खाल नै नभए जस्तो ।’
आयोजकहरु हात–हातमा ‘कुपन’ बोकेर अतिथिहरु (दलका नेता, प्रशासक, सुरक्षा अधिकारी समेत)लाई डोर्याउँदै भट्टी–भट्टी चाहरेको परिणाम ‘खुट्टा लर्खराउँदै मर्यादाको लक्ष्मण रेखा नाघेर मञ्चमै उक्लन्छन, रत्यौलीको झिल्के झै उफ्रन्छन ।
‘सामाजिक मर्यादा र सुरक्षाको दृष्टीले पनि महोत्सव साँझ नहुँदै बन्द गर्नु पर्ने हो तर आयोजकहरु नै समय तन्काउने पक्षमा छन’ जिल्ला समन्वय समितिका संयोजक रहेका राजकुमार थापाले भने, ‘मेला महोत्सव संञ्चालन सम्बन्धी निर्देशिका पनि बनेको छ । राती गरिने साँस्कृतिक कार्यक्रमले सामाजिक विकृति, पारिवारिक असमझदारी र असुरक्षा बढेका छन ।’
बेनी बजार पुग्ने जो कोही गुनगुनाउँछ –बेनीको बजार जतामायाँंं उतै छ नजर, किरेमिरे जाले रुमाल । दिनभरको पारिलो घाममा महोत्सवको मुख्य नारा ‘कृषी तथा ब्यापार प्रर्वद्धन’ ग्राहक नपाएर कृषी, लघु उद्यम तथा ब्यापारिक स्टलहरु खालीहुँदै ‘शुन्य डिग्री’ मा झरेका हुन्छन ।
साता अघिबाट सुरु म्याग्दी महोत्सवमा दर्शकलाई सांगितिक कार्यक्रमले नदी किनारको सिरोटो संगै चल्ने चिसो हावामा शरिरबाट गर्मी छुटुन्जेल नचाउन पनि । महोत्सवको मेसोले यसका पारखीलाई दोहोरी गाउने र नाच्ने अवसर जुटाईदिएको छ । दोहोरीमा बालकदेखि बृद्धसम्म, गरिवदेखी धनीसम्म र पियनदेखी हाकिमसम्म सवैले एउटै स्टेजमा मन खोलेर नाच्छन । ‘बेनीको बजार जतामायां उतै छ नजर, किरेमिरे जालेरुमाल ।’
भद्रताबाट सुरु हुने दोहोरीका नाचहरु दिन छिप्पिंदै जाँदा रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्छन । बैदेसिक रोजगारीको प्रभावले होला परम्परागत नेपाली संस्कार र संस्कृति भत्कदै गएको महोत्सवले प्रष्ट सन्देश दिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
