- Loading...
भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी
- पुनहिल डट कम
- २ साल अघि
- १४३ पटक पढिएको

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।
उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।
उज्वेकिस्तानमा सिरपको कारण मृत्यु भएपछि उक्त कम्पनीलाई खाद्य सुरक्षा विभागले उत्पादन लाइसेन्स खारेज गरिसकेको छ । यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ । यसअघि भारतमै निर्मित ४ कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
