- Loading...
देवशिला माघेसक्रान्तिको शुभ साईतमा अयोध्या लगिने, माघ १ गते विहान जलेश्वरमा गण्डकी र भुमिसंग क्षमा पुजा
- पुनहिल डट कम
- २ साल अघि
- २१७ पटक पढिएको

बेनी नगरपालिका, ६ जलेश्वर स्थित कृष्णागण्डकी नदी तटबाट देवशिला माघेसक्रान्तिको शुभ साईतमा भारतको अयोध्या लगिने भएको छ ।
शिला लैजानु अघि माघ १ गते विहान शास्त्रिय विधीविधान अनुसार देवशिला लगिने जलेश्वरमा गण्डकी र भुमिसंग क्षमा पुजा गरी शिला क्रेनले उठाएर ट्रकमा राखी माथी सडकमा निकालेपछि बेनीनगरपालिका र गण्डकी प्रदेश सरकारको तर्फबाट फुलमालाले छोपी विदाई पुजासहित शिला पठाउने तालिका छ । सोही तालिका अनुसार बेनी नगरपालिका र स्थानिय प्रशासन जुटेको छ ।
कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन बेनीबाट कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला भारतको अयोध्या पठाउँदै छौं,’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने ।
संघीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सैद्धान्तिक सहमति जनाएको थियो । अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै नेपालको सांस्कृतिक उदारता एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज्ने काम सुरु भएको थियो । गत साउन अन्तिम साता पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि अयोध्याधाम पुगेर यसको पहल थालेका थिए । निधिले राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिव धनुष उपहार दिने प्रस्ताव गरेका थिए । राममन्दिर निर्माण समितिले कालीगण्डकीको शिलाबाट रामजन्मभूमि दाबी गरिएको ठाउँ नजिक रामको मूर्ति बनाउने जनाएको छ ।
अयोध्याको विवादित जग्गा राम जन्मभूमि वा बाबरी मस्जिद भन्नेमा वर्षौंदेखि विवाद रहँदै आएकामा तीन वर्षअघि भारतको सर्वोच्च अदालतले राम मन्दिरकै भएको फैसला सुनाएको थियो । आदेशपछि नै उक्त जग्गामा राममन्दिर निर्माणको बाटो खुलेको हो । अदालतले आफ्नो आदेशमा भारतको केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे विस्तृत कार्ययोजना बनाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार ट्रस्टमार्फत मन्दिर निर्माणको काम अघि बढेको हो । अदालतले मस्जिद बनाउनका लागि मुस्लिम समुदायलाई अन्य ठाउँमा पाँच एकड क्षेत्रफल जग्गा उपलब्ध गराउन पनि आदेश दिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
