- Loading...
जानकारी : गुगलकाे नामाकरण कसरी भयाे ?
- पुनहिल डट कम
- २ साल अघि
- १८७ पटक पढिएको

अमेरिकन गणितज्ञ प्रोफेसर क्यास्नर (Edward Kasner)को नौवर्षे भतिजो (भानिज?) मिल्टन (Milton Sirotta) सम्बन्धी रोचक कथा भेटिन्छ। मिल्टनलाई ‘गूगोल’ (Googol) को आविष्कारक मानिन्छ। मिल्टनसँग टहलिँदै गर्दा क्यास्नरले उनलाई सोधेछन्-‘एक अङ्कको पछाडि सय ओटा सुन्ना भएको असाध्यै ठूलो सङ्ख्याको नाम के होला?’ जवाफमा मिल्टनले भनेछन्- ‘यतिठूलो सङ्ख्या त गूगोल (Googol) हो’। मिल्टनको सुझाव क्यास्नरलाई मन परेछ। यस बाहेक, मिल्टनले गूगोल भन्दा ठूलो सङ्ख्याको नाम ‘गूगोलप्लेक्स’ (Googolplex) राख्ने पनि सुझाव दिएका रहेछन्।
मिल्टनको सुझावअनुसार सन् १९२० मा आफूले गूगोल र गूगोलप्लेक्स दुई शब्दको नामकरण गरेको कुरा सन् १९४० ताका प्रकाशित पुस्तकमा क्यास्नरले उल्लेख गरेका छन्। गूगोललाई अङ्कमा लेख्दा ‘१ अङ्कको पछाडि सय ओटा सुन्ना’ लेखिन्छ (‘१०१००’)। अनि गूगोलप्लेक्सलाई यसरी जनाउनु पर्छऔ ‘१०गुगोल’ । शुरुमा गूगोलप्लेक्सलाई १ अङ्कको पछाडि नथाकेसम्म ० लेख्दा हुन आउने अति ठूलो सङ्ख्या मानिएको थियो।
गूगोलसँग जोडिएको अर्को कथा छ। भनिन्छ, स्ट्यानफोर्ड यूनिभर्सिटीमा पीएचडीको तयारी गरिरहेका दुई विद्यार्थी ब्रिन Sergey Brin)र पेज(Larry Page) ले सन् १९९५ ताका वेब पेज (World Wide Web or www)मा भएका सामग्री खोज्न सजिलो हुने ‘सर्च इन्जिन’ बनाए। उनीहरुले त्यसको नाम ‘ब्याकरब (BackRub) राखेछन्। त्यसपछि सन् १९९८ को मध्यतिर उनीहरुले क्यालफोर्नियाको मेल्नोपार्कमा ‘गूगल’नाम राखेर पसल खोलेछन्।
शुरुमा उनीहरुले पसलको नाम गूगोल (अर्थात् ज्यादै ठूलो सर्च इन्जिन) राख्ने योजना बनाएका रहेछन् तर वर्णविन्यासमा गल्ती भएर ‘गूगल’ (Google) पो लेखिन पुगेछ। सन् २००४ मा सर्वसाधारण समेत सहभागी भएको गूगल नामको कम्पनी स्थापना भयो। अहिले यो सर्च इन्जिन सबैभन्दा बढी चल्तीमा छ। यसलाई सबैभन्दा राम्रो सर्च इन्जिन मानिन्छ। यसले ९० प्रतिशत भन्दा बढी बजार लिएको दाबी गरिएको छ। गूगोल र गूगल सम्बन्धी छोटकरी कथा यत्ति नै । * तुङ्ग बास्तोलाकाे यत्र–तत्र–सर्वत्र ‘नम्बरै नम्बर’ लेखबाट ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
