- Loading...
२०२३ अन्तर्राष्ट्रिय कोदो वर्ष
- पुनहिल डट कम
- २ साल अघि
- २३१ पटक पढिएको

अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा शुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले गरेको थियो ।
प्रस्तावलाई ७२ देशले समर्थन गरेका छन् । महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा सन् २०२१ को मार्चमा गरेको थियो । कोदोको महत्वलाई पहिचान गर्न र समुदायलाई पौष्टिक भोजन प्रदान गर्नुका साथै घरेलु र विश्वव्यापी माग सिर्जना गर्न जोड दिएको छ ।
कोदोको महत्व र फाइदा
उच्च प्रोटिन स्तर र अधिक सन्तुलित एमिनो एसिड प्रोफाइलको कारण कोदो गहुँ र चामलभन्दा पौष्टिक रूपमा उत्तम छ । कोदोमा विभिन्न ‘फाइटोकेमिकल्स’ पनि हुन्छन् जसले मानिसको ‘एन्टी–इन्फ्लेमेटरी’ र ‘एन्टी–अक्सिडेटिभ’ गुणहरूको कारण चिकित्सीय गुणहरू प्रयोग गर्दछ । यसबाहेक, कोदो भिन्नभिन्न हावापानीमा लगाउनसकिने हुँदा कोदोलाई विश्वभर उत्पादन गर्न सकिन्छ ।
कोदो कार्बोहाइड्रेट, प्रोटिन, आहारजन्य फाइबर र राम्रो गुणस्तरको चिल्लो पदार्थजस्ता पोषक तत्वहरूको समृद्ध स्रोत हो । क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, म्याग्नीज, जिंक र बी कम्प्लेक्स भिटामिनजस्ता खनिजहरू यसमा पाइन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा, कोदो उत्पादनका लागि रासायनिक मलको प्रयोग आवश्यक पर्दैन ।
परम्परागत रूपमा कोदोको खपत गरिन्थ्यो । अन्नको लगभग ४० प्रतिशत हिस्सा ओगटेको थियो, जुन पछिल्ला वर्षहरूमा लगभग २० प्रतिशतमा झरेको छ ।
भारतमा १७० लाख टनभन्दा बढी कोदो उत्पादन हुन्छ । यो एसियाको ८० प्रतिशत र विश्व उत्पादनको २० प्रतिशत हो । भारत सबै नौ सामान्य ज्ञात कोदोका प्रजाती उत्पादन गर्दछ र विश्वमा कोदोको सबैभन्दा ठूलो उत्पादक र पाँचौं सबैभन्दा ठूलो निर्यातक हो । भारतका अधिकांश राज्यहरूले एक वा एक भन्दा बढी कोदो बाली प्रजातिहरू उत्पादन गर्छन् ।
संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, साउदी अरब, लिबिया, ओमान, इजिप्ट, ट्युनिसिया, यमन, बेलायत र अमेरिका भारतको प्रमुख कोदो निर्यात हुने देशहरू हुन् । इन्डोनेसिया, बेल्जियम, जापान, जर्मनी, मेक्सिको, इटाली, अमेरिका, बेलायत, ब्राजिल र नेदरल्याण्ड्स कोदो आयात गर्ने प्रमुख देशहरू हुन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
