- Loading...
गाउँपालिका मुकाम समेत गाउँका पसलमा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती
- पुनहिल डट कम
- २ साल अघि
- २६० पटक पढिएको

जिल्लाकाे सदरमुकाम बेनीकाे तुलनामा गाउँपालिका मुकाम रहेका बजार तथा ग्रामिण क्षेत्रका बजार/पसलकाे नुगमन गर्दा म्याद गुज्रेका सामानहरू छ्यापछ्याप्ती पाइने गरेका छन ।
हालै अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा पसलहरुको अनुगमन गर्दा म्याद गुज्रेका सामानहरू छ्यापछ्याप्ती पाइएका हुन ।
दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४ र पोखरेबगर तथा रातोपानी क्षेत्रमा ७ गरी कुल १९ वटा खाद्यान्न एवं किराना पसलहरुको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमन गरिएका खाद्यान्न पसलहरुमध्ये दाना क्षेत्रमा सञ्चालित अधिकांश किराना तथा खाद्यान्न पसलबाट म्याद सकिएका दैनिक उपभोग्य सामानहरु बिक्री वितरण गरेको पाइएको छ ।
अनुगमनको क्रममा दाना क्षेत्रमा होटल तथा रेष्टुरेण्टको नाममा पसल दर्ता गरेर खाद्यान्न र किराना सामानहरु बिक्री वितरण गरिरहेको र खाद्यान्न र किराना पसलमा खाद्य तथा पेयपदार्थलगायत दैनिक उपभोग्य सामानहरु उपभोग गर्ने म्याद सकिएको भेटिएका थिए । म्याद सकिएका दैनिक उपभोग्य खाद्यान्न सामानहरु भेटिएपछि जफत गरेर नष्ट गरिएको छ । अनुगमनको क्रममा तीन ठाउँमा गरी कुल ८२ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामानहरु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक प्रेम अर्यालले बताए ।
अनुगमन गरिएका पसलहरुमा साइनबोर्ड नटाँसेको, एउटा नाममा दर्ता गरेर अर्कै नामको पसल सञ्चालन गरेको, पसलमा मूल्यसुची नराखेको, होटल दर्ता गरी किराना पसल चलाएको, दर्ता भएको पसल लामो समयसम्म पनि नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । पसलहरुमा अनुगमन गर्दा ठूलो मात्रामा म्याद सकिएका दैनिक उपभोग्य सामानहरु टाँसीमा राखेर बिक्री वितरण गरेको पाइएको छ ।
अनुगमन टोलीले दर्ता नभएको पसललाई तुरुन्तै दर्ता गर्न तथा कानुनी प्रक्रिया पुरा गरेर मात्रै सञ्चालन गर्न, पसल नवीकरण गर्न र म्याद नाघेका दैनिक उपभोग्य सामानहरु अलग्गे राखेर सम्बन्धित कम्पनीमा फिर्ता गर्नका लागि निर्देशन दिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा भएको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, जिल्ला प्रशासन तथा प्रहरी कार्यालय, अन्नपूर्ण गाउँपालिका लगायतको सहभागिता थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
