- Loading...
देउवाले राप्रपालाई प्रधानमन्त्रीको ‘अफर’
- पुनहिल डट कम
- २ साल अघि
- १७६ पटक पढिएको

वर्तमान गठबन्धनको सरकार ढाल्न कांग्रेस सभापनि शेर बहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेका छन्।
पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार बनाउने भन्दै कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै प्रस्ताव गरेका थिए।
‘कांग्रेससँग टेलिफोनमा कुरा भएको थियो, हामीलाई प्रधानमन्त्रीको प्रस्ताव आएको हो। हामीले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरिसकेकाले हामी पदको लागि लोभी पापी होइनौं भनेर जवाफ फर्काएका छौं ‘ राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले डिसी नेपालसँग भने।
उनले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने र यसैलाई विश्वासको मत दिने बताए।
प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै ‘अफर’ गरेका हुन्।
सरकारले न्युनतम साझा कार्यक्रममा नै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने सहमति भएपछि राप्रपा वर्तमान सरकारमा सहभागी हुने निश्चित भएको हो।
उपप्रधानमन्त्रीसहित अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा सहाभागी हुने राप्रपाले लिने मन्त्रालयका विषयमा भने टुंगो लागेको छैन।
राप्रपाले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सरकार विस्तार गर्दा उचित हुने जनाएको छ। तर प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता लिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी मंगलबार विश्वासको मत लिँदैछन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
