- Loading...
म्याग्दी बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न
- पुनहिल डट कम
- २ साल अघि
- १९५ पटक पढिएको

म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा सम्पन्न भएकाे छ ।
क्याम्पस प्रमुख एवं संञ्चालक समितका सदस्य सचिव गाेरखबहादुर जिसीले प्रस्तुत गरेकाे प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष रहेका जिल्ला समन्वय समितिका संयाेजक राजकुमार थापाले पेस गरेकाे अार्थिक प्रतिवेदनलाइ अनुमाेदन गर्दै साेमबार साँझ अवेर सम्पन्न क्याम्पस सभा सम्पन्न भएकाे हाे । साेमबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभाको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा ले एक कार्यक्रम विच उद्घाटन गरेका थिए।
वार्षिकाेत्सव तथा क्याम्पस सभा उद्घाटन सत्रमा बाेल्ने वक्ताले जिल्लाकाे अगुवा शैक्षिक संस्था म्याग्दीको शैक्षिक विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरूले जिल्लामा उत्पादित शैक्षिक जनशक्तिलाई जिल्लामा नै रहने वातावरण बनाउन उनीहरुले जोड दिए ।
कार्यक्रमा संविधानसभा सदस्यद्वय गोविन्द पौडेल, रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पसका पुर्व अध्यक्ष हरीकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदी लगायतले क्युएए मान्यता प्राप्त क्याम्पसको भौतिक सुविधा सम्पन्न बनाउदै शैक्षिक गुणस्तरमा थप सुधार मार्फत नमुना क्याम्पसको रुपमा विकास गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहने कुरामा एकमत रहे।
क्याम्पसले ३२ औँ वार्षिकोत्सवकाे अवरमा संञ्चालन गरेकाे खेलकुद, साहित्य, निवन्ध, वक्तित्व कलासमेतका प्रतियाेगिता विजेता पुरस्कृत गरिएको थियो ।
एक हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको म्याग्दी क्याम्पस २०४८ सालमा स्थापना भै वि.स. २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्यूएए) मान्यता प्राप्त गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
