FLASH NEWS
  • Loading...

सहिद सुरेश शेरपुञ्जाकाे स्मृतीमा दौड प्रतियोगिता, शेरपुञ्जा सहिद बनेकाे शिख काण्डकाे न्यायिक छानविनकालागी दरवारमा चढाएकाे विन्ती पत्र पढ्नुहाेस

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९७ पटक पढिएको
सहिद सुरेश शेरपुञ्जाकाे स्मृतीमा दौड प्रतियोगिता, शेरपुञ्जा सहिद बनेकाे शिख काण्डकाे न्यायिक छानविनकालागी दरवारमा चढाएकाे विन्ती पत्र पढ्नुहाेस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर दौड प्रतियोगिता भएको छ ।

पञ्चायत विरोधी आन्दोलनमा सहिद भएका पाउद्धार तत्कालिन पाउद्वार निमाविका शिक्षक सुरेश शेरपुञ्जा पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । पाउद्वार माविले हरेक शहिद दिवसकाे अवसरमा ३३ वर्षदेखी शहिद सुरेश शेरपञ्जाकाे स्मृति दिवस बनाउँदै अाएकाे छ ।

तीन किलोमिटर दुरिको संस्थागत दौड प्रतियोगितामा पाउद्धार माझ गाउँ प्रथम र पाउद्धार मावि दृतीय भएका छन् । प्रथमलाई रु. दश हजार र दृतीयलाई रु. पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । व्यक्तिगत तर्फ विबेक तिलिजा प्रथम, दिपेन्द्र तिलिजा दृतीय र मिसन पाइजा तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. नौ हजार, छ हजार र तीन हजार पुरस्कार प्रदान गरिएको छ ।

१.५ किलोमिटर दुरीको पाउद्धार माविका छात्र छात्राहरुबीच भएको प्रतियोगितामा प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिएको थियो । छात्रातर्फ आरोषी तिलिजा प्रथम, दिया पाइजा दृतीय र प्रतिज्ञा खाती तृतीय भएका छन् ।
छात्रतर्फ युदिप पुन प्रथम, डविन तिलिजा दृतीय र विशेष पाइजा तृतीय बनिन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद सुरेशका दाजु राजु पुन, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन र वडा अध्यक्ष राजेश तिलिजाले पुरस्कार वितरण गरे ।

काे हुन शुरेश ?

साविक शिख गाउँपञ्चायत, ६ पाउद्वारवासी शुरेश शेरपुञ्जा स्थानीय पाउद्वार निमाविका शिक्षक थिए । २०४२ सालमा राष्ट्रिय पञ्चायतकाे चुनाव थियाे । साे चुनावमा उम्मेद्वार थिए, घाेरेपानीका हरिबहादुर पुन र पाखापानीका भीमप्रसाद गाैचनसमेत । चुनावलाइ लिएर साेही सालका चैत पहिलाेसाता बेनीमा पुन र गाैचनका कार्यकर्ता विच झडप भयाे । झडपछि राज्य संयन्त्र परिचालित भै पुनका समर्थक खाेज्दै शिख क्षेत्रमा धरपकड सुरू भयाे । साेही क्रममा ः ०४२ चैत २० गते शिखकाे मुलपानीमा विवादहुँदा प्रहरीले गानी हानी पाउद्वारका शुरेस शेरपुञ्जा र झारवाङका हिरालाल फगामीकाे मृत्यु भयाे । मृत्यु हुने दुवै जना तत्कालिन नेकपा मालेका समर्थक थिए ।

घट्नापछि हिरालालकी श्रीमति खुनिसा फगामीले घट्नाकाे न्यायिक छानविन माग्दै राजदरवारमा चढाएकाे विन्ति पत्र यस्ताे छ ः