FLASH NEWS
  • Loading...

रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२२ पटक पढिएको
रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) गण्डकी प्रदेश सरकारकाे उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री बनेका छन ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जालीलाई उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री र राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मालिका गाउँपालिका, ७ विमका स्थाइ बासिन्दा जुग्जाली २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्ष पदमा पराजित भएका थिए । गत मंसिरमा भएकाे प्रदेश सभा सदस्य पदमा म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित बनेका जुग्जाली प्रदेश सरकारमा म्याग्दीबाट सहभागी हुने दाेस्रा मन्त्री हुन । यस अघि ०७४ पछि बनेकाे पहिलाे प्रदेश सरकारमा नरदेवी पुन मन्त्री बनेकी थिइन ।