FLASH NEWS
  • Loading...

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी मावि विजयी घोषणा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९५ पटक पढिएको
मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी मावि विजयी घोषणा

मालिका गाउँपालिकाले आयोजनामा  गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको  तेस्रो राष्ट्रपति रनिङ शिल्ड बिमको किसानी माविले जितेकाे छ ।

तर माघ ११ देखि संचालन भएको प्रतियोगितामा उपविजेता घोषित भिम मावि देविस्थानले नतिजाप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । रेफ्रीकाे भुमिकामा चित्त नबुझेकाे जनाउँदै भीम माविले २ सय मिटर दौड तथा ४ गुना ४०० मिटर रिले फाइनलमा सहभागी भएन । रिलेमा पहिलाे, दाेस्राे छुट्याउँदा अलमल भएपछि विवाद निक्लेकाे र अायाेजक समितिले रेफ्रिले दिएकाे परिणामलाइ नै सकार्दै किसानी माविलाइ पहिलाे घाेषणा गरेकाे हाे ।

प्रतियोगितामा प्रथम भएको किसानी माविले ११ स्वर्ण ,११ रजत र ५ कास्य पदक, दोस्रो भएको भिम माविले १० स्वर्ण ,२ रजत र ५ कास्य पदक जितेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी तेस्रो भएको जनप्रिय माविले ४ स्वर्ण,३ रजत र ६ कास्य पदक जितेको छ । प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।